एउटै मिडिया हाउसलाई पत्रिका, रेडियो र टिभी सञ्चालन गर्न नदिने सञ्चार मन्त्री बाँस्कोटाको चेतावनी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ असार २०७६, मंगलवार ११:३६

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सञ्चार माध्यममा विदेशी लगानी स्वीकार्य नहुने बताएका छन् ।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले सरकारले सञ्चार माध्यममा विदेशी लगानी स्ीवकार गर्नै नसक्ने प्रष्टीकरण दिए । सोमबार काठमाडौंमा सञ्चार उद्यमीहरुसँगको अन्तरक्रिया कार्यक्रममा उनले एउटै सञ्चार माध्यमलाई पत्रिका, रेडियो र टिभीहरुमा लगानी गर्न नदिने चेतावनी दिए ।

उनले सञ्चार माध्यमहरुको आतंकवादी गतिविधिलाई हेर्ने दृष्टिकोण स्पष्ट हुनुपर्ने बताए । केही दिनयता हिंसालाई प्रश्रय दिने खालका समाचार केही सञ्चार माध्यामबाट आउन थालेकोमा मन्त्री बास्कोटाको आपत्ति छ ।

मन्त्री बास्कोटाले श्रमजीवी पत्रकारहरुलाई न्युनतम पारिश्रमिक नदिने सञ्चार माध्यमलाई कारबाही हुने पनि बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१