एसईई उत्तीर्ण विद्यार्थी र समाजमा विशिष्ट योगदान पुर्याउनेहरुलाई जोसेफ हाई स्कूलको सम्मान

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ असार २०७६, मंगलवार ०५:१४

काठमाडौँ । पूर्व प्रधानमन्त्री झलनाथ खनालको प्रमुख आतिथ्यतामा बूढानीलकण्ठ १० स्थित जोसेफ हाई स्कूलले एसईई उत्तीर्ण विद्यार्थी तथा समाजमा विशिष्ट योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान गरेको छ ।

कार्यक्रममा गैरसरकारी संस्था महासंघका केन्द्रिय अध्यक्ष जितराम लामा, दन्तरोग विशेषज्ञ डा. सुवास घिमिरे, बाल गायक आयुष केसी, प्रसन्न पाठक, महानगरीय प्रहरी प्रभाग कपन प्रमुख मिन बहादुर कुँवर, महिला अधिकारकर्मीहरु विन्दा गौतम, सावित्री भट्टराई, पवित्रा पोखरेल, पत्रकार पुण्यराज पुडासैनी लगायत एसईई परीक्षामा उत्तीर्ण हुने १४९ जना विद्यार्थी र उनीहरुका अभिभावकलाई सम्मान गरिएको थियो ।

प्रमुख अतिथि खनालले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरिएको कार्यक्रममा विद्यालयका विद्यार्थी संगीता खड्का र सुदिन गिरीले स्वागत गरेका थिए । शुभकामना मन्तव्य स्थानीय समाजसेवी मिठाराम अधिकारी, बद्री भट्टराईले गरेका थिए ।

विद्यालयका संस्थापक प्रिन्सिपल सूर्य बहादुर अधिकारीले आफ्नो विद्यालयको बारेमा जानकारी दिदै १३ बर्ष जिम्मा लगाएका बालबालिकालाई अरु २ बर्ष पढाउने अवसर दिन र आफ्नै विद्यालयबाट प्लस टु उत्तीर्ण गराउने उद्देश्यले गतवर्ष देखि विद्यालयले कक्षा ११ र १२ संचालन गरेको जानकारी गराएका थिए ।

कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले गायन तथा नृत्य प्रस्तुत गरेका थिए भने बाल कलाकारहरु आयुष केसी र प्रसन्न पाठकले समेत आफ्नो प्रस्तुती दिएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१