मेलम्ची खानेपानी आयोजनाका प्रमुख प्रमुख कँडेल ट्यांकर व्यवसायी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ असार २०७६, मंगलवार ०४:४६

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाका प्रमुख सूर्यराज कँडेलले नियोजित रूपमा इटालियन ठेकेदारलाई भगाएको समाचार आजको अन्नपूर्ण पोष्टमा छ। आयोजनाले ठेकेदारलाई दिनै पर्ने भुक्तानी नदिएर भगाइएको थियो। ठेकेदारले काम छाडेको सात महिनासम्म कुनै काम सुरु भएको छैन।

मेलम्चीको पानी उपत्यकामा नआए पनि ट्यांकर र जारबाट पानी आपूर्ति गर्दै आएका व्यापारीलाई भने दीर्घ लाभ प्राप्त हुँदै आएको छ।

उपत्यकामा वार्षिक ४ अर्ब रुपैयाँभन्दा बढीको पानी व्यापार हुने गर्छ। विगतमा लोडसेडिङ हट्न नदिन इन्भर्टर व्यापारी जसरी लागेका थिए त्यसरी नै उपत्यकामा मेलम्चीको पानी ल्याउन नदिन पानी व्यापारी लागिपरेको प्रमाण भेटिएको छ।

आयोजनाका कार्यकारी निर्देशक कँडेल आफैं बोतल, जार र ट्यांकरबाट विभिन्न सरकारी तथा गैरसरकारी निकायमा पानी आपूर्ति गर्ने उद्योग चलाएर बसेका छन्।

कँडेलले पत्नी अञ्जु खड्काका नममा क्रिस्टल आक्वा सर्भिसेस प्रालिको व्यवसाय गर्दै आएका छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१