खाली पेटमा कालो चिया पिउनुका फाइदा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० असार २०७६, सोमबार ०६:०१

चियाका किसिममा हरेक व्यक्तिको आ–आफ्नै रुची हुन्छन् । कसैले दूध राखेको चिया पिउन रुचाउँछन् भने कतिपयले कालो चिया । तर बिहान खाली पेटमा दूध राखेको चिया पिउनु स्वास्थ्यको लागि हानिकारक मानिन्छ ।

यद्यपी कालो चिया पिउँदा स्वास्थ्यको लागि पनि विभिन्न किसिमका फाइदाहरु हुने गर्दछन् । बिहान हर घरमा पाक्ने चिया मध्ये कालो चियाको बारेमा केही फाइदाजनक तथ्य हामी सार्वजनिक गर्नेछौँ ।

१. रोग प्रतिरोधात्मक क्षमतामा बढाउँछ ।

कालो चिया एन्टी अक्सिडेन्टले भरिपूर्ण हुन्छ । जसले शरीरमा रोगसँग लड्ने क्षमतालाई बढाउन चाहान्छन्, उनीहरुले बिहान खाली पेटमा कालो चिया पिउनु उपयुक्त हुन्छ ।
२.क्यान्सर हुनबाट बचाउँछ ।
नियमित बिहान एक कप कालो चिया पिउनु गर्ने हो भने क्यान्सर जस्तो भयानक रोगबाट बच्न सकिन्छ ।
३. मुटुजन्य समस्याबाट खतरा हुँदैन ।
एक अध्ययन अनुसार दिनहुँ तीन कप कालो चिया पिउँदा मुटुजन्य समस्याको खतरा हुँदैन ।
४. छिट्टै बुढोपन देखिँदैन ।
कालो चियामा पाईने एन्टी अक्सिडेन्टले शरीरमा भएको टाक्सिन्सलाई बाहिर निकाल्छ । यसले कारण उमेर बढेको लक्षण छिटै देखिँदैन ।
५. पसिना गन्हाउने समस्याबाट छुटकारा मिल्छ ।
कतिपयको समस्याको जड बनेको हुन्छ पसिना । कसै कसैको पसिना निकै गन्हाउने हुन्छ । यो सामान्य नभई एक समस्या नै हो । त्यसैले पसिनाको दुर्गन्धबाट छुटकारा पाउनको लागि कालो चिया पिउनु उपयुक्त मानिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१