बाढी पहिरो अपडेट : देशभर १७ को मृत्यु, ७ बेपत्ता, ७ घाइते

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ असार २०७६, शनिबार ०५:५२

काठमाडौं । निरन्तरको भारी वर्षाका कारण गएको बाढी र पहिरोमा परी देशभर मृत्यु हुनेको संख्या १७ पुगेको छ भने ७ जना बेपत्ता छन् । यस्तै, ७ जना घाइते भएका छन् ।

नेपाल प्रहरीका निमित्त प्रवक्ता एसपी रमेश थापाका अनुसार काठमाडौंमा ३, ललितपुरमा १, भोजपुरमा २, खोटाङमा ३ जनाको मृत्यु भएको छ । यस्तै, पर्सामा १, काभ्रेपलान्चोकमा २, रामेछापमा १, मनवानपुरमा १, धादिङमा १, भोजपुरमा १ र ओखलढुंगामा १ जनाको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम्म घाइते हुनेको संख्या सात पुगेको प्रहरीले जनाएको छ । घाइते हुनेमा खोटाड्डमा १, काभ्रेमा १, रामेछापमा १, मकवानपुरमा १, धादिङमा १ र दोलखामार १ जना रहेका छन् । यस्तै, पाँचथर, इलाम, मोरङ, सुनसरी, महोत्तरी, रौतहट र काठमाडौंमा एक एक जना बेपत्ता भएका छन् ।

वर्षाले तराईका अधिकांश भूभाग जलमग्न बनेको छ । यस्तै पहाडी पहाडी क्षेत्रमा भने पहिरोले जनधनको क्षति पुर्‍याएको छ । देशका विभिन्न २० स्थानमा पहिरो गएको प्रहरीले जनाएको छ । देशका १३ स्थानमा बाढीले क्षति पुगेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ३०, २०८१