सामाजिक सञ्जाल ह्याक गरि अमेरिकामा बस्ने रमेश गिरीलाई ब्ल्याक मेल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ असार २०७६, शनिबार ०५:३४

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जाल ह्याक गर्ने गिरोहहरु सक्रिय भएका छन् ।फेसबुक ह्याक गरेर उल्टै व्याकमेल गर्नै धन्दाको शिकार भएका छन् एक दम्पत्ती । यस्ता गिरोहका शिकार भएका हुन् नुवाकोट सूर्यगढीका रमेश गिरीका दम्पत्ती ।यस्तै गिरोहका कारण तनाव झेल्दैछन् गिरी दम्पत्ती ।

उनीहरुको फेसबुक ह्याक गरी आफन्तहरुलाई जथाभावी म्यासेज पठाउने र पैसा माग्ने धन्दा चलेको छ । विगत डेढ बर्षदेखि अमेरीका क्यालोफोर्नियामा बसोबास गर्दै आएका रमेश र उनको पत्नी रोजा केसि गिरीको फेसबुक एकाउन्ट ह्याक गरी उनीहरुको आफन्त तथा इष्टमित्र र सामाजिक सञ्जालमा उनीहरुसँग जोडिएका साथीहरुलाई समेत जथाभावी मेसेज फोटो पठाइन थालेछि उनीहरु तनावमा छन् ।

गत मंगलबार उनीहरुको एकाउण्ट ह्याक गरिएको र आफन्त तथा इस्ट मित्रहरुलाइ अश्लिल तस्वीर मेसेज पठाउने गरिएको छ । यसरी यी दम्पत्तीको फेसबुक ह्याक गर्ने गिरोहले गिरीसँग ठूलो रकम माग गरिरहेको पीडित गिरीले सुनाए । यस्ता गिरोहको कारण आजित दम्पतीले यथाशिघ्र कारवाहीको माग राख्दै प्रहरीकोमा पुगेका छन् । गिरीका दाजु तथा नेविसंघका नेता समेत रहेका सुबन गिरी केन्द्रीय अनुशन्धान व्युरो ९सिआइबी० र टेकुस्थित साइबर अपराध महशाखामा पुगेर उजुरी दर्ज गरेका छन् । प्रहरीले एक दुई दिनभित्रैमा यस्ता अपराधीलाई पत्ता लगाएर कानुनी कारवाही गर्ने जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१