लुगा लगाउँदा ठूलो पेट कसरि लुकाउने ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ असार २०७६, शुक्रबार ०६:१०

काठमाडौं । मोटोपन आधुनिक जीवनशैलीमा सबैको लागि समस्या बनिरहेको छ । सुन्दर देखिने प्रतिस्पर्धा बढिरहेको समयमा लुगा लगाउँदा मोटोपनले व्यक्तित्वमा असर गर्ने डर पनि उत्तिकै हुन्छ । तर, यदि लुगालाई मिलाएर लगाउन जानियो भने मोटोपनलाई पनि लुकाउन सकिन्छ।

आजकल हाइवेस्ट लेगिङ्ग्स र जेगिङ्ग्सको चलन आएको छ । जुन मोटोपन भएकाहरुको लागि फाइदाको पक्ष हो । लो वेस्ट अथवा कम्मर मुनीको भागमा लगाउने पाइन्ट लगाउँदा पेट बाहिर निस्किन्छ र व्यक्ति झन् मोटो देखिन्छ । यदि हाइ वेस्ट लगाउने हो भने पेट सबै कपडा भित्र बस्छ र टप्स बाहिरबाट पेट देखिंदैन ।

त्यस्तै , पेट लुकाउनको लागि ए लाइन टप्स लगाउनुपर्छ, जसमा छातीको भाग ठिक्कको र तलको भाग फुकेको हुन्छ । यदि स्कर्ट लगाउने चाहना छ भने स्कटलाई नाभी देखि माथी लगाउने र टप्स स्कर्ट भित्र पार्ने गर्नुपर्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर ९, २०८१