एक अध्ययनको निष्कर्ष: काठमाडौंमा प्रयोग गरिने धेरै मास्कले धुलो छेक्दैनन्

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ असार २०७६, शुक्रबार ०५:४५

काठमाडौं । काठमाडौं उपत्यकामा धुँवा र धुलोका कारण आम नागरिकको स्वास्थ्यमा प्रतिकूल असर परिरहेको छ । काठमाडौं उपत्यकामा मात्र होइन देशका मुख्य सहरको हावा स्वास्थ्यका लागि अनुकूल छैन् । त्यसैले धेरै नागरिकले मास्कको प्रयोग गरिरहेका अनुमान लगाउन सकिन्छ । तर एक अध्ययनका अनुसार काठमाडौं उपत्यकामा जम्मा ३० प्रतिशत नागरिकले मात्र मास्कको प्रयोग गरेको पाइएको छ ।

प्रयोगमा रहेका मास्कले साँच्चिकै धुलोरधुँवा छेकेको छ त रु त्यसको जानकारीका लागि त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा।भानु न्यौपाने, काठमाडौं व्यवहारिक विज्ञान प्रतिष्ठानका वैज्ञानिक डा।बसन्त गिरी, अमिता शर्मा र संगीता मैनालीले एक अध्ययन गरेका छन् । अध्ययनको निष्कर्ष प्रतिष्ठित जर्नल पीएरले सार्वजनिक गरेको छ ।

कति मान्छेले प्रयोग गर्छन् मास्क रु

काठमाडौंका धेरै गाडी गुड्ने प्रमुख स्थानमध्ये एक कलंकीमा सन् २०१६ मा गरिएको सर्वेक्षण अनुसार यो क्षेत्र भएर हिड्ने मान्छेमध्ये ३१ प्रतिशतले मास्क लगाउने रहेछन । प्रयोग गरिएका मास्कहरु मुख्यतः दुइ किसिमको देखियो । झण्डै २४ प्रतिशतले सामान्य कपडाको मास्क र झण्डै ७ प्रतिशतले सर्जिकल मास्क लगाएको देखियो । तलको चित्रमा बायाँतिरका मास्क लुगाका हुन् र दायाँ तिरका सर्जिकल मास्क हुन् ।

कति ठूला प्वाल रहेछन त मास्कमा रु

काठमाडौं धेरै मान्छेले प्रयोग गर्ने लुगाको माक्समा हाम्रो अनुसन्धान केन्द्रित थियो । यी लुगाका टुक्रामा माइक्रोस्कोपले हेर्दा ४६१ माइक्रोनसम्म ठूला प्वाल भेटिए । याद रहोस, यी मास्कले साना धुलोका कण १० माइक्रोनभन्दा साना कण छेक्ने आशाले हामीले लगाउने गर्छौँ ।

तर, मास्कले धुलोका साना कण छेक्ने नछेक्ने कुरा प्वालको साइज मात्रै नभएर तिनको घनत्व र त्यहाँ उपलब्ध फाइबर नेटवर्क अर्थात झिल्लीमा पनि निर्भर गर्दछ । अध्ययनले प्वालको घनत्व ४।५ बर्ग मिलिमिटर पाइएको अध्ययनमा संलग्न डा।गिरीले जानकारी दिए ।

यी मास्कले के धुलोका कण रोक्छन त रु

यो थाहा पाउनका लागि अध्ययनकर्ताको टोलीले पेट्रि डिस्कलाइ मास्क लगाइ दिएको थियो । खुल्ला ठाउँमा केही समय राखियो । मास्कको अर्कोतर्फ कति धुलोका कण छिरे भनेर नापियो । आँफै खसेका धुलोका कण ९एःज्ञण्० ६३५ देखि ८४५ सम्म मास्कको अर्कोतर्फ नगएको देखियो । लुगाको मास्कले भन्दा सर्जिकल मास्कले अझै धेरै ९९४५ सम्म० धुलोका कण रोकेको देखियो । याद गर्नुस् कि अध्ययनकर्ताले नापेको दस माइक्रोनभन्दा साना कण हुन् ।

धेरै साना कण अध्ययनकर्ताले प्रयोग गरेको माइक्रोस्कोपले नाप्न नसक्ने हुनाले त्यस्ता कणहरु गणना गरिएको छैन् । अनि स्वास लिँदा ताने जस्तो कणहरु तानिएको पनि होइन । त्यसैले के भन्न सकिन्छ भने खास मान्छेले मास्क लगाउँदा यस्ता मास्कले अत्यन्तै कम कणहरु मात्रै रोक्न सक्ने हुन सक्छ ।

मास्क धोएर वा तानेर लगाउँदा के हुन्छ त रु

कपडाको मास्क लगाउने धेरैले फोहर भएपछि धोएर फेरि लगाउने चलन पनि छ । तर त्यसरी धुँदा मास्कका प्वालहरु झन् ठूला भएको देखिएको छ । त्यसरी एक पटक धोएको मास्कमा २०५ सम्म धुलो छेक्ने क्षमता कम भएको पाइयो । त्यस्तै तानतुन पारेर वा कानमा फिट गराउन तन्काएर लगाउँदा पनि मास्कको प्वालहरु ठूलो भएको पाइएको छ । प्वाल ठूलो हुने भनेको धुलोको कण छेक्ने क्षमता कम हुनु हो ।

मास्क लगाउने कि नलगाउने त रु

कपडाका मास्कहरु धेरै प्रभावकारी छैनन् । तर पनि लगाउदा केही हदसम्म हानिकारक धुलोका कणबाट हामी जोगिन सक्छौँ । कपडाको मास्क भए धेरै नतन्काइ लगाउने र नधोई लगाउने। सकेसम्म सर्जिकल मास्क लगाउनु पर्छ । बजारमा पाईने गुणस्तरयुक्त मास्क लगाउँदा भने राम्रो हुने डा। न्यौपानेको भनाई छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१