इङ्ल्यान्ड फाइनलमा, अस्ट्रेलिया आठ विकेटले पराजित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ असार २०७६, शुक्रबार ०५:४३

लण्डन । आयोजक इङ्ल्यान्ड एकदिवसीय क्रिकेट विश्वकपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा साविक विजेता अस्ट्रेलियालाई आठ विकेटले पराजित गर्दै इङ्ल्यान्ड प्रतियोगिताको उपाधि नजिक पुगेको हो ।

इङ्ल्यान्डले अब उपाधिका लागि आइतबार हुने फाइनल खेलमा न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्ने छ । न्युजिल्यान्ड भारतलाई पराजित गर्दै फाइनलमा प्रवेश गरिसकेको छ ।

इङ्ल्यान्डले अब उपाधिका लागि आइतबार हुने फाइनल खेलमा न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्ने छ । न्युजिल्यान्ड भारतलाई पराजित गर्दै फाइनलमा प्रवेश गरिसकेको छ ।

यससँगै एकदिवसीय विश्वकपमा नयाँ विजेता निस्कने निश्चित भएको छ । फाइनलमा पुगेका न्युजिल्यान्ड र इङ्ल्यान्डले अहिलेसम्म विश्वकप उपाधि जितेका छैनन् ।

एकदिवसीय क्रिकेट विश्वकपको सर्वाधिक पाँच पटकको विजेता टोली अस्ट्रेलिया पहिलो पटक सेमिफाइनलमा पराजित भएको हो । यस्तै, इङ्ल्यान्ड २७ वर्षपछि विश्वकपको फाइनलमा प्रवेश गरेको हो । पछिल्लो पटक सन् १९९२ मा फाइनल खेलेको इङ्ल्यान्ड त्यसपछिको संकरणमा फाइनल पुग्न असफल हुँदै आइरहेको थियो ।

बर्मिङममा टस जिती पहिले ब्याटिङ गरेको अस्ट्रेलिया ४९औं ओभरमा दुईसय २३ रनमै समेटिन पुगेको थियो । जवाफमा इङ्ल्यान्डले ३२।१ ओभरमा मात्रै दुई विकेट गुमाएर जित भेट्टाएको हो ।

इङ्ल्यान्डको जितमा प्रारम्भिक ब्याट्सम्यान जासन रोयले ६५ बलमा ८५ रनको योगदान दिए । रोयले आफ्नो पारीमा पाँच छक्का र नौं चौका प्रहार गरेका थिए ।

उनीबाहेक जोई रुट ४९ र कप्तान इयोन मोर्गान ४५ रनमा अविजित रहे । यी दुबै खेलाडीले आफ्नो पारीमा समान आठरआठ चौका प्रहार गरे । यस्तै अर्का प्रारम्भिक ब्याट्सम्यान जोनी बेयरस्टोले ३४ रन जोडे ।

त्यसअघि अस्ट्रेलियाका लागि स्टेभन स्मिथले सर्वाधिक ८५ रनको योगदान गर्नबाहेक अन्य खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन् । उनले आफ्नो पारीमा ६ चौका प्रहार गरेका थिए । उनीपछि एलेक्स कारेले ४६, मिचेल स्टार्कले २९ र ग्लेन म्याक्सवेलले २२ रन जोडे । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

अस्ट्रेलियालाई सस्तो योगफलमा समेट्न इङ्ल्यान्डका आदिल रशिद र क्रिस वक्सले तीनरतीन विकेट लिए । यस्तै जोफ्रा आर्चरले दुई विकेट लिए । मार्क उडले एक विकेट लिए ।

अस्ट्रेलियाका मिचेल स्टार्क र पाट कुमिन्सले एकरएक विकेट लिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१