प्रहरी निरीक्षक साहविरुद्ध भ्रष्टाचार मुद्दा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ असार २०७६, बुधबार ०५:१३

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान अयोगले प्रहरी निरीक्षक लालबाबु साहविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । जिल्ला प्रहरी कार्यालय, नुवाकोटमा कार्यरत प्रहरी निरीक्षक साहविरुद्ध मंगलबार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

साहले लागुऔषध मुद्दामा पक्राउ परेकाको मुद्दामा सेवाग्राहीसँग घुस लिएको दावीसहित अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको जानकारी दिएको छ । उनले सेवाग्राहीसँग ७० हजार रुपैयाँ घुस लिएको प्रमाणित हुन आएको दावी गरेको छ ।

‘सेवाग्राहीलाई आफ्नो छोराको बैंक खातामा रकम जम्मा गर्न लगाई आफ्नो ओहदासँग सम्बन्धी काम नगर्न सेवाग्राहीसँग जम्मा रू।७०,००० ९सत्तरी हजार० नगदी लिएको पुष्टि हुन आएकोले,’ अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘निज लालबाबु प्रसाद साहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० को कसुरमा लिई सकेको रिसवत जफत गरी ऐ। दफा ३ को उपदफा ९१०९ग० बमोजिम कैद र विगो बमोजिम जरिवाना हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरिएको छ ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१