पाँच वर्षको लामो रिलेशनसीपपछि अभिनेत्री स्वारा र हिमान्सुको ब्रेकअप !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ असार २०७६, सोमबार ०४:५०

अभिनेत्री स्वारा भास्करले आफ्नो ब्वाईफ्रेण्ड हिमान्सु शर्मासँग ब्रेकअप गरेकी समाचार बाहिरिएको छ । रिपोर्टसका अनुसार पाँच वर्षको लामो सम्बन्धपछि यो जोडीले आ–आफ्नो बाटो रोजेका हुन् । अभिनेत्री स्वाराले २०१६ मा मात्रै आफू हिमान्सुसँग रिलेशनसीपमा रहेकी घोषणा गरेकी थिइन् ।

मुम्बई मिररका अनुसार अभिनेत्री स्वाराले विगत पाँच वर्षदेखि हिमान्सुलाई डेट गर्दै आइरहेकी थिइन् । आनन्द एल रायको फिल्म ‘तनु वेड्स मनु’मा काम गर्दा गर्दै यो जोडी एक अर्कासँग नजिकिएका थिए ।

इन्डियन एक्स्प्रेसका अनुसार भविष्यको विषयमा विवाद भएपछि अभिनेत्री स्वारा र हिमान्सु अलग्गिएका हुन् । पछिल्लो समय स्वाराले हिमान्सुसँगको एक तस्वीर सेयर गरेकी थिइन्, जुन युरोपियन भ्याकेशनको थियो ।

वर्कफ्रन्टको कुरा गर्नुपर्दा पछिल्लो पटक अभिनेत्री स्वारा ‘विरे दी वेडिङ’ मा देखिएकी थिइन् । उक्त फिल्ममा उनले एक बाइब्रेटर सीन दिएकी थिइन्, जसको कारण उनले ट्रोलिङको सिकार बन्नु परेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१