हृदयाघातको जोखिम

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ असार २०७६, सोमबार ०४:४८

व्यस्त दिनचर्याका कारण अधिकांशलाई मुटुसम्बन्धी रोगले सताउने गरेको पाइन्छ। २४ सै घण्टा वा सातै दिन मुटुले आफ्नो काम गरिरहेको हुन्छ। हामीले खाँदा होस् या सुत्दा, कुनै व्यायाम गर्दा होस् या आराम गर्दा, टीभी हेर्दा होस् या कामकाजमा व्यस्थ हुँदा मुटुले आफ्नो काम गरिरहेको हुन्छ।

यसरी निरन्तर रूपमा काम गरिरहने मुटुको सुरक्षाका लागि हामीले पनि ध्यान दिनु जरुरी हुन्छ। विश्वका विभिन्न ठाउँमा भएका अनुसन्धानअनुसार वर्षभरि केही यस्ता समय हुन्छन् जतिबेला हामीले मुटुको विशेष ध्यान दिनुपर्ने हुन्छ। यसका लागि निम्न कुरामा ध्यान दिनु जरुरी हुन्छ।

अत्यधिक गर्मी

अत्यधिक गर्मीले मुटुमा समस्या गराउने सम्भावा रहन्छ। हार्भर्ड मेडिकल स्कुलका सहप्राध्यापक किम्बर्ली पाक्र्सका अनुसार जाडोमा भन्दा गर्मीमा मुटुले प्रतिमिनेट चार गुणा बढी रगत प्रवाह गर्छ। यस्तो अवस्थामा मुटुको चाल बढ्ने हुनाले यसले हृदयाघातको जोखिम बढाउँछ।

अत्यधिक चिसो

जामा कार्डियोलोजी नामक जर्नलमा सन् २०१८मा प्रकाशित एक अनुसन्धान रिपोर्टका अनुसार अत्यधिक चिसोका कारण हृदयाघात हुने गर्छ। यस्तो समयमा रक्तनली खुम्चने हुनाले रगत जम्ने डर हुन्छ र यसैका कारण हृदयाघात हुने जोखिम बढी रहन्छ।

छुट्टीका समयमा

बीएमजे नामक एक जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनका अनुसार छुट्टीको समयमा पनि हृदयाघात हुने डर बढी हुन्छ। प्रायःजसो बिदाका समय भनेको बढी व्यस्त रहनुपर्ने हुन्छ। यस्तो बेला झन् बढी तनाव खेप्नुपर्छ।

पारिवारिक भेटघाट, यात्राको तयारी, पार्टीको तयारी, घुमघाम, अत्यधिक रक्सी सेवनलगायत कारणले तनाव बढ्छ। त्यसैले मुटुमा समस्यमा भएका व्यक्तिलाई चिसो बढी भएका बेला हृदयाघात हुने सम्भावना बढी हुन्छ।

बिरामीपछिको अवस्थामा

न्यू इङ्ल्यान्ड जर्नल अफ मेडिसिनमा प्रकाशित एक रिपोर्टअनुसार कुनै पनि इन्फोयन्जा र भाइरल रोगको संक्रमणपछिको अवस्थामा भन्दा रोग पहिचान भएको साताभित्रै हृदयाघात हुने सम्भावना बढ्छ। यस्ता समयमा हुने तनावले गर्दा नशामा रगत जम्ने र हृदयघात हुने डर बढी हुन्छ।

सोमबार जोखिम बढी

युनिभर्सिटी अफ कोलोराडो हस्पिटलका मुटुरोग विज्ञ ल्यारी एलेनका अनुसार सातामा सोमबार बिहान चार बजेदेखि १० बजेसम्मको समय हृदयघात हुने अनुपात बढ्दो रहेको देखिन्छ। यसको मुख्य कारण त्यो समयमा कोर्टिसोल र एड्रिनालिन नामक हर्मोनको मात्रा शरीरमा अत्यधिक बढ्ने गर्छ। हार्ट नामक अर्को एक जर्नलमा प्रकाशित रिपोर्टअनुसार बिहान ६ देखि मध्याह्न १२ बजेभित्र हुने हृदयाघात बढी विनाशकारी हुन्छ। यसबाट दिनको अन्य समयमा हुने हृदयाघातभन्दा बिरामीको मृत्यु हुने जोखिम २० प्रतिशत बढी रहेको देखिन्छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१