अर्जेन्टिनालाई तेस्रो स्थान, मेसीलाई रातो कार्ड

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ असार २०७६, सोमबार ०४:३०

अर्जेन्टिनाले कोपा अमेरिका फुटबल प्रतियोगितामा तेस्रो स्थान हात पारेको छ । त्यसका लागि अर्जेन्टिनाले साविक विजेता चिलीलाई २–१ गोल अन्तरले पराजित ग¥यो । धेरै अर्थ नराख्ने यो खेलमा टोलीका कप्तान लियोनल मेसीले भने रातो कार्ड पाएका छन् ।

सोही कारण मेसीले मेडल सेरेमोनीसमेत बहिस्कार गरे । मेसीले आयोजक ब्राजिल, दक्षिण अमेरिकी फुटबल महासंघ ९कन्मेबोल० र रेफ्रीप्रति केही गम्भीर आरोपसमेत लगाएका छन् ।

‘यो भ्रष्टाचारमा हामीले भाग लिनुहुन्न’, रेफ्रीको निर्णयप्रति निक्कै रुष्ट देखिएका मेसीले भने, ‘यो प्रतियोगिताभरि हामीप्रति कुनै सम्मान थिएन । हामी यो प्रतियोगितामा धेरै राम्रो गर्न सक्थ्यौं । तर, उनीहरूले दिएनन् । भ्रष्टाचार र रेफ्रीले समर्थकहरूलाई फुटबलमा रमाउँन दिएन । यसले फुटबल खेललाई ध्वस्त पार्ने छ ।’

मेसीले आयोजक ब्राजिल, दक्षिण अमेरिकी फुटबल महासंघ ९कन्मेबोल० र रेफ्रीप्रति केही गम्भीर आरोपसमेत लगाएका छन् ।

मेसीले आफ्नो टोली सेमिफाइनलमा ब्राजिलसँग पराजित हुँदा नै रेफ्रीको निर्णयप्रति उजुर गरिसकेका छन् । मेसीले जारी प्रतियोगिताको उपाधि ब्राजिललाई दिलाउने अहिले नै सहमति गरिसकेको आरोपसमेत लगाए ।

आयोजक र रेफ्रीप्रति गम्भीर आरोप लगाएका मेसीलाई निलम्बनमा पर्ने डर छैन भनी सोधिएको प्रश्नमा उनले भने, ‘यी बोलिनु पर्ने कुरा हुन् । सत्य बोलिनुपर्छ ।’ कन्मेबोलले पछि मेसीको आरोपको खण्डन गरेको छ । कन्मेबोलले मेसीको आरोप आधारहीन र अस्वीकार्य रहेको बताएको छ ।

मेसी चिलीका रक्षक गारी मेडेलसँग झगडामा उत्रिएपछि रेफ्रीले रातो कार्डमा मैदानबाट बाहिर पठाएका थिए । त्यससँगै रक्षक मेडेलले पनि रातो कार्ड पाएका थिए ।

सर्जियो अगुएरो र पाउलो दिबालाले एकरएक गोल गरेपछि अर्जेन्टिनाले तेस्रो स्थानका लागि भएको खेल जितेको थियो । चिलीका लागि अर्तुरो भिदालले दोस्रो हाफमा फ्रिकिकमार्फत गोल गरेका थिए ।

मेसीसँग झगडा गर्न मेडेल अघि सरेका थिए । मेसी पनि पछि सरेनन् । दुबै खेलाडी एकअर्काविरुद्ध जाई लागे । सोही कारण पाराग्वेका रेफ्री मारियो डायजले दुबै खेलाडीलाई रातो कार्ड देखाएका थिए ।

यो जितसँगै अर्जेन्टिनाले चिलीसँग पछिल्लो दुई फाइनलमा बेहोरेको पराजयको बदलासमेत लिएको छ । अर्जेन्टिना सन् २०१५ र २०१६ मा भएको कोपा अमेरिकाको फाइनल खेलमा चिलीसँगै पराजित हुन पुगेको थियो । साओ पाउलोमा भएको यो खेल सुरुवातबाटै निक्कै तनावपूर्ण बनेको थियो ।

खेलको सुरुवातबाटै दुबै टोलीका खेलाडीले एकअर्काविरुद्ध फल प्रहार गरेका थिए । त्यही क्रमको उत्कर्ष थियो, मेसी र मेडेलबीचको झगडा । आफूभन्दा पछाडिबाट बल लिन आएका मेसीसँग झगडा गर्न मेडेल अघि सरेका थिए । मेसी पनि पछि सरेनन् । दुबै खेलाडी एकअर्काविरुद्ध जाई लागे ।

सोही कारण पाराग्वेका रेफ्री मारियो डायजले दुबै खेलाडीलाई रातो कार्ड देखाएका थिए । मेसीले त्यो झगडामा दुबै खेलाडीका लागि पहेंलो कार्ड पर्याप्त हुने अवस्थामा रातो कार्ड दिएको तर्क गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर ९, २०८१