बिषादी परिक्षणमा रोक लगाएको भन्दै काठमाडौंमा नेविसंघको प्रदर्शन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ असार २०७६, आईतवार १५:०५

सरकारले भारत र तेस्रो मुलुकबाट आयातित हुने फलफुल तथा तरकारीमा परिक्षण बन्द गरको भन्दै नेबिसंघले प्रदर्शन गरेको छ
। नेपालमा आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षण गर्ने निर्णयबाट सरकार पछि हटेको भन्दै नेविसंघले प्रदर्शन गरेको हो ।

भारतीय दबावमा विषादी परीक्षण रोकेको भन्दै नेविसंले सरकार जनताको पक्षमा टिक्न नसकेको आरोप लगाएको छ
। काठमाडौँमा र्‍यालीसहितको प्रदर्शनमा नेविसंघले ‘जनतालाई विष खुवाउन पाइँदैन’ लगायतका नारा लगाएको थियो ।

र्‍याली बाल्मिकी क्याम्पसबाट सुरु भइ पुतली सडक चोकमा पुगेर समापन भएको थियो । र्‍यालीमा नेविसंघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्ले लगायतका नेता कार्यकर्ताहरु सहभागी थिए

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ३०, २०८१