आरु खाएर लिन सकिन्छ यि ५ फाइदाहरु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ असार २०७६, शनिबार ०४:५९

गर्मी मौसममा पाईने फलहरु मध्ये एक हो आरु । गाउँघरका कुना कन्दरातिर पनि सजिलै पाईने यो फल स्वादका लागि खाने गर्छौँ । तर यसको फाइदाको बारेमा पनि जानिराख्नु आवश्यक हुन्छ ।

आरुमा प्रचुर मात्रामा कार्बोहाइडे«ट, प्रोटिन, मिनरल्स र फाइबर पाईन्छ जसले शरीरलाई निकै लाभ दिन्छ । आज हामी आरुबाट पाईने फाइदाको बारेमा चर्चा गर्नेछौँ ।

१. आरुमा निकै कम क्यालोरी पाईने हुनाले यसलाई नास्ताको रुपमा प्रयोग गर्न सकिन्छ । जसले गर्दा लामो समयसम्म अन्य खानेकुराको जरुरत पर्दैन । साथै यसले शरीरको वजनलाई सन्तुलित राख्दछ ।

२. भिटामिन सी को मात्रा भरपूर पाइने आरुले एन्टी अक्सिडेन्टको काम गर्छ जसले रोग प्रतिरोधक क्षमतालाई बृद्धि गर्दछ ।
३. आरुमा पाईने पोटाशियम तत्व मृगौलाको लागि निकै लाभदायक हुन्छ । यसले पिसाब थैलीलाई स्वस्थ राख्दछ र किड्नीमा हुने संक्रमणबाट बचाउँछ ।
४. आँखाको ज्योति बढाउनु छ भने आरु खानु उत्तम मानिन्छ । आरुमा शरीरमा भिटामिन ए बनाउने तत्व पाईन्छ । भिटामिन एले आँखाको रेटिनालाई स्वस्थ राख्दछ ।
५. आरुमा पाईने एन्टी अक्सिडेन्टले क्यान्सर हुनबाट बचाउँछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१