चावहिलमा छुरा प्रहार गरी फरार रहेका ४ जना पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ असार २०७६, शनिबार ०४:२४

काठमाडौँ । छुरा प्रहार गरी गम्भीर घाइते बनाई फरार रहेका चार जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले असार १६ गते काठमाडौँ महानगरपालिका–७ पशुपति मित्र माध्यामिक विद्यालय चावहिलमा दुई जनालाई घाइते बनाएर फरार रहेका उदयपुरका असिम लामा र सरोज श्रेष्ठ तथा कास्कीका निश्चल आलेमगर र भारत दार्जिलिङका सरोज राईलाई पक्राउ गरेको हो ।

परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीका अनुसार ओखलढुङ्गाका विजय बानियाँ र काठमाडौँका सुदीप घिमिरेलाई घाइते बनाएर चारैजना फरार भएका थिए । घाइते दुवैको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ । लागुऔषध सेवन गरी उनीहरुले एकापसमा झगडा गरेको अनुसन्धानका क्रममा खुलेको प्रवक्ता बोगटीले बताउनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ३०, २०८१