अस्ट्रेलियामा पानीमुनि बन्यो होटल, ओछ्यानमा सुतेर माछा हेर्न मिल्ने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० असार २०७६, शुक्रबार ०४:५०

काठमाडौं । कोरल रीफ ९मुँगाको चट्टान० हेर्नका लागि मानिसहरूले स्कूबा डाइभिङ गर्नुपर्ने हुन्छ । तर अब यी चट्टानहरू होटलमा बसेर हेर्न सकिने भएको छ ।

अस्ट्रेलियाको प्रसिद्ध ग्रेट ब्यारियर रीफमा पानीमुनि होटल बनाइएको छ । होटलमा बसेर पर्यटकहरूले मुँगाको चट्टानको ३६० डिग्री दृश्य देख्न पाउने भएका छन् ।

मानिसहरू आफ्नो बेडरूमबाट राति माछा हेर्न पाउँछन् । यसलाई मरिन पार्कको दक्षिणमा लेडी मुसाग्रेव आईल्यान्डको ठीक बाहिर बनाइएको छ ।

३६ मिटरको यो तैरिँदो होटलमा तीन तह हुनेछन् । पहिलो तह पानीबाट तीन मिटर तल हुनेछ । त्यसमा २४ जना बस्न मिल्नेछ ।

प्रत्येक कोठाबाट मुँगाका चट्टान देखिनेछन् । अनि माथिका भागमा पौडी खेल्न सकिनेछ । पर्यटकहरूले डुंगाको सवारी पनि गर्न सक्नेछन् ।

क्वीन्सल्यान्डका पर्यटन राज्यमन्त्री केट जोनसले अल्ट्राभायलेट लाइटका साथ पानीभित्र अब्जर्भेटरी बनाइने र यसले गर्दा पर्यटकले राति पनि रीफको आनन्द लिन पाउने बताए ।

क्वीन्सल्यान्ड सरकारले होटल बनाउन लगभग ८ करोड रुपैयाँ दिएको छ । होटलमा सोलर प्यानलबाट ऊर्जा उत्पन्न हुनेछ । होटलका सबै कुरा रिसाइकल गर्न सकिनेछ । यसको निर्माण अप्रिल २०२० सम्म सकिनेछ ।

यो होटल बनेपछि प्रत्येक वर्ष १५ करोड रुपैयाँको आम्दानी हुने अपेक्षा गरिएको छ । होटलमा दुई दिन, एक रात बिताउन लगभग ४४ हजार रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ ।

एजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१