VIEC Nepal को अस्ट्रेलियन एजुकेशन फेयर २०१९ सम्पन्न,५०० भन्दा बढी विद्यार्थीको सहभागी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ असार २०७६, बिहीबार ०५:५०

काठमाडौं । अस्ट्रेलियाको बिभिन्न युनिभर्सिटीमा लामो समयदेखि विद्यार्थीहरु पठाउदै आएको VIEC Nepal ले असार १८ गते काठमाडौंको होटल मल्लमा अस्ट्रेलियन एजुकेशन फेयर २०१९ सम्पन्न गरेको छ।

अस्ट्रेलियामा उच्च अध्यनका लागि जान चाहने विद्यार्थीलाई ध्यानमा राखेर भाइस नेपालले होटल मल्लमा एक दिने शैक्षिक मेलाको आयोजना गरेको VIEC Nepal का निर्देशक जयराम पौडेलले बताए। ‘यतिखेर अस्ट्रेलिया नेपाली विद्यार्थीका लागि उच्च अध्यनको आकर्षणको केन्द्र बनिरहेको बेला हाम्रो संस्थाले आधिकारीक रुपमा विद्यार्थीको हितमा रहेर शैक्षिक मेलाको आयोजना गरेका हौ’, पौडेलले बताए ।

अस्ट्रेलियामा नेपाली विद्यार्थीको सम्भावना १०० प्रतिशत स्कलरसिप ,पढाइको स्तर, लाग्ने खर्च अनि आइपर्ने कठिनाइका विषयमा पनि मेलामा छलफल भएको पौडेलले स्पष्ट पारे।

पौडेलले अगाडि भने, ‘हामीले नेपालमा मात्र होइन अस्ट्रेलिया गएपछि पनि उनीहरूको पठन पाठनसँगै अन्य विषयमा पनि सेवा दिने विषयमा समेत छलफल चलाएका छौं। अस्ट्रेलियामा रहेका करिब एक दर्जन युनिभर्सिटीहरुसंग VIEC Nepal ले परिचय बनाएको समेत जानकारी गराए ।

“फेयरमा अष्ट्रेलियाबाट आएका दक्ष काउन्सिलरले ५०० भन्दा बढी विद्यार्थीहरुलाई परामर्श प्रदान गरेका थिए , भने, “उच्च शिक्षा अध्ययनका लागि अष्टेलिया जान चाहने विद्यार्थीका लागि फेयर निकै उपयोगी थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१