कठमाण्डौ, २२ फागुन ।
मनोज फाउण्डेशन नेपालका अध्यक्ष मनोज कुमार चन्दले आफ्नो शरिरका ७ वटा अङ्गबाट लेखेर ( दुवै हात एकै साथ, दुवै खुट्टा, दुवै कुइनो, मुख बाट एकै साथ ६ वटा कलमबाट आफ्नो प्रतिभा देखाएका हुन् ।
रिपोर्टर्स क्लब नेपालमा बिहिबार पत्रकार सम्मेलन गर्दै मनोज फाउण्डेशन नेपाल ( ःँल् ० को उद्घाटन गर्दै फाउण्डेशनका अध्यक्ष समेत रहेका स्थायी घर बतैडी भई हाल काठमाण्डौमा बस्ने मनोज कुमार चन्दले आफ्नो उक्त प्रतिभालाई सार्वजनिक गरेका छन् ।
फाउण्डेशनको उद्घाटन कार्यक्रममा चन्दले आफ्नो प्रतिभालाई सार्वजनिक गर्दै भने – कुनै पनि व्यक्तिले आफुमा भएको प्रतिभालाई लुकाउनु हुँदैन्, आफ्नो प्रतिभालाई सार्वजनिक गर्दै अन्तराष्ट्रिय स्तरमा चिनाउनु पर्नेमा जोड दिए । अब आगामी दिनहरुमा विलक्षण प्रतिभा भएका व्यक्तिहरुलाई यस फाउण्डेशनले सहकार्य गर्ने समेत बताए ।
चन्दले आफुलाई मुलुकका राष्ट्राध्यक्ष डा. रामवरण यादवले समेत आफ्नै कार्यालय शीतल निवासमा बोलाई आफ्नो कलाबाट प्रभावित भएको बताउँदै व्यक्तिगत एवम् राष्ट्रकै तर्फबाट जस्तोसुकै सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेको हुनाले पनि फाउण्डेशन अव समाजसेवा तर्फ निरन्तर अघि बढ्ने बताए । नेपाल सरकारका मुख्य सचिव लिलामणी पौड्ेलले पनि आफुलाई सहयोग गर्ने प्रतिवद्धता जनाएकोमा खुशी व्यक्त गरे ।
फाउण्डेशनका अध्यक्ष चन्दले पूर्व प्रधानमन्त्री, मन्त्री एवम् राष्ट्रका उच्च अधिकारीहरुले समेत यस फाउण्डेशनको मानार्थ एवं आजिवन सदस्यता लिईसकेको र लिने क्रम जारी रहेको बताए । यसबाट चन्द आफु साह«ै खुशी भएको र सधै यसलाई आफुले प्रेरणाका रुपमा लिई समाजसेवाको बाटोमा अगाडी बढ्न मद्त मिलेको बताए ।
कार्यक्रमका प्रमुख अतिथि एवम् पूर्व मन्त्री छविराज पन्तले यस्तो प्रतिभावान् व्यक्तिलाई राज्यले उचित मुल्यांकन गर्दै राष्ट्रिय रुपमा मात्रै नभएर अन्तराष्ट्रिय स्तरमै चिनाउनका लागि पहल गर्नुपर्ने बताए ।
उनले भने – मनोज भाईको यस्तो प्रतिभा वाट म प्रभावित भएको छु, अहिले म कुनै पनि संस्थामा आवद्ध नभए पनि उहाँलाई जस्तो सुकै सहयोग गर्न पनि म तयार छु । धेरै नेपालीहरुले गिनिज बुक अफ द वल्र्ड रेकर्डमा विभिन्न विद्यामा नाम दर्ता गराईसक्नुभएको छ, अव पालो उहाँको पनि हो त्यसका लागि म हार्दिक शुभकामना समेत व्यक्त गर्दछु ।
कार्यक्रममा फाउण्डेशनका संरक्षक उद्धवसिंह च्वागढी, देवी प्रसाद न्यौपाने र भुवन चक्र जोशीले पनि फाउण्डेशनको शुभकामना व्यक्त गरेका थिए ।
प्रतिक्रिया