गोकर्णेश्वर नगरपालिकाको नगरसभा सम्पन्न,एक अर्ब ४४ करोड रुपैयाँ बजेट पारित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ असार २०७६, बिहीबार ०५:३४

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाको सम्पन्न नगरसभाले आर्थिक वर्ष २०७६ र ७७ का लागि रु एक अर्ब ४४ करोड रुपैयाँ बजेट पारित गरेको छ । नगरसभाको बैठकले पूर्वाधार विकास एवंम् पर्यटनलाई बजेटमा प्राथमिकता दिएको छ ।

नगरपालिका–३ स्थित प्रसिद्ध पर्यटकीयस्थल तारेभीरमा महादेव र बुद्धको ठूलो मूर्ति स्थापना गरी पर्यटक आकर्षित गरिने भएको छ ।

नगरपालिकाका सबै वडामा खानेपानीको समस्या रहेकाले समाधानका लागि वृहत् खानेपानी योजना निर्माणका लागि पनि बजेट छुट्याइएको छ ।

बागद्वारबाट झर्ने वाग्मतीको पानी सुन्दरीजलबाट उपत्यकामा वितरणका लागि ल्याइने भाग नगरपालिकामै पर्ने भए पनि अधिकांश भागमा खानेपानीको समस्या छ । ९० वर्ष माथिका वृद्धवृद्धालाई नगरपालिकाले विशेष भत्ता दिने भएको छ ।

नगरपालिका–५ स्थित नारायणटार पुलबाट वडा नं–४ स्थित भगवती स्थानको वाग्मती नदीमा बाँध निर्माण गरी पर्यटक आकर्षित गर्न स्टिमर चलाउन दुई करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।

गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रलाई व्यवस्थित धार्मिकस्थलका रुपमा विकास गर्न खाली जग्गामा बगैँचा निर्माण गर्ने योजना पनि नगरपालिकाले अघि सारेको छ ।

मन्दिरमा सुनको जलपसहितको धातुको छाना छाउने कामलाई पनि निरन्तरता दिने पनि बजेटमा उल्लेख छ ।

नगरपालिकाका मेयर सन्तोष चालिसेले प्रस्तुत गरेको बजेट नगरसभामा छलफलपछि पारित भएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१