बैतडीमा ८ वर्षीया बालिका स्कुलबाटै वेपत्ता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ असार २०७६, बिहीबार ०५:०३

बैतडी । बैतडीको दशरथचन्द नगरपालिका–४ बमरोडाबाट ८ वर्षीया बालिका मंगलबारदेखि वेपत्ता भएकी छन् ।

दोगडाकेदार गाउँपालिका–२ ढिकगाड स्थायी घर भइ दशरथचन्द नगरपालिका बस्दैआएका खडक सार्कीकी ८ वर्षीया छोरी कलावती सार्की वेपत्ता भएकी हुन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दीपक पातलीका अनुसार बावु खडकसँगै बस्दैआएकी कलावती १ कक्षामा पढ्छिन् । बावु खडकले नै मंगलबार बिहान ईश्वर आधारभुत स्कुल पुर्याएका थिए ।

स्कुल नखुलेकाले कलावतीलाई उनले गेटमै छोडेर आएका थिए । सत्तरी वर्षीय खडकले मजदुरी गरेर छोरी र आफ्नो गुजार गर्दैआएका छन् । साँझसम्म छोरी नफर्केपछि उनले प्रहरीलाई खबर गरेका हुन् । खडकले खबर गरेलगत्तै प्रहरीले बालिकाको खोजी कार्य जारी राखेको बताएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१