हेटौंडा । जिल्ला अदालत मकवानपुरको तथ्यांक हेर्दा सम्बन्धविच्छेद गर्ने क्रम बढेको देखिएको छ । अदालतका अनुसार यस वर्ष मकवनपुरमा अघिल्लो वर्षको तुलनामा उल्लेख्य मात्रामा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन् ।
जिल्ला अदालतमा सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता गराउनेमध्ये १३५ जना पुरुष मात्र छन् । चालू आर्थिक वर्षको भदौदेखि जेठ महीनासम्म सम्बन्धविच्छेदका लागि ५७७ वटा मुद्दा दायर भएकामा पुरुषको संख्या १३५ रहेको अदालतले जनाएको छ ।
यस वर्षको दर्तामध्ये १९४ वटा मुद्दा फछ्र्योट भइसकेको र अन्य प्रक्रियामा रहेको बताइएको छ । पारिवारिक कलह र भौतिकवादी चाहनाले सम्बन्धविच्छेदका घटना बढेको र यसबाट सामाजिक एवं पारिवारिक रुपमा नकारात्मक असर पारेकोे कतिपयको विश्लेषण छ ।
प्रतिक्रिया