एसईई पूरक परीक्षा साउन २६ देखि

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ असार २०७६, बुधबार १२:४७

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक परीक्षा साउन २६ र २७ गते सञ्चालन हुने भएको छ ।

मौका परीक्षामा सैद्धान्तिक दुई विषयसम्म ‘सी’ वा ‘सी’भन्दा तलको ग्रेड हासिल गरेका नियमिततर्फका विद्यार्थी सहभागी हुन पाउनेछन् । २ विषयमा अनुपस्थित विद्यार्थीले पनि मौका परीक्षामा सहभागी भएर लाभ लिन सक्ने बोर्डले जनाएको छ ।
बोर्डका अनुसार, साउन २६ गते १ विषय र २७ गते दुई विषयको ग्रेड वृद्धि गर्न चाहनेको परीक्षा हुनेछ । यसअघि विषयअनुसार परीक्षा गर्दै आएको बोर्डले यसपटक दुई दिन मात्रै परीक्षा गर्न लागेको हो ।

परीक्षामा सहभागी हुन चाहनेले साउन १५ सम्ममा आवेदन फारम भर्ने समयसीमा बोर्डले तोकेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१