काठमाडौं । गोकर्णेश्वर नगरपालिका जोरपाटी प्रदेश न. ३ को आर्थिक वर्ष २०७५/७६ को सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । नगरपालिकाद्धारा सपन्न गरिएका योजनाहरुको सार्वजनिक सेवाका गुणस्तरियताको लागि नगरपालिकाले सार्वजनिक सुनुवाई गरेको हो । गोकर्णेश्वर नगरपालिका कार्यालयको सभाहलमा भएको कार्यक्रममा स्थानीय जनताको उलेख्य उपस्थित रहेको थियो। गोकर्णेश्वर नगरपालिका र बोष्टर मिडियाको सहजिकरणमा सार्वजनिक सुनुवाई कार्यक्रम भएको हो ।
कार्यक्रममा सर्वसाधारण नागरिकल विद्यालय, सडक, खानेपानी, पशुपंक्षी, सौचालय, खेलमैदान लगाएतका विषयमा जिज्ञासा राखेका थिए । कार्यक्रममा सहभागी वडाका नागरिकहरुले विकास निर्माणका बारेमा चाँसो राखेका छन् । कार्यक्रममा युवा स्वरोजगार, महिला शसक्तिकरण, शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत, सडक, यातायात, कृषि, सुरक्षा आदि बिषयमा तार्किक एवम् महत्वपुर्ण सवाल जवाफ भएको थियो ।
जनचाँसो र गुनासाहरुको जवाफ गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसे , नगरउपप्रमुख शान्ति नेपाल तथा नगरपालिकाका प्रशासनसंग राखिएका गुनासो र प्रश्नको जवाफ प्रमुख प्रसासकिय अधिकृत अग्नि प्रसाद अधिकारीले दिनुभएको थियो ।
कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले प्रश्नको जवाफ दिँदैँ आफु नागरिकको समस्या प्रति अत्यन्त चिन्तित भएको बताउनुभयो । उहाँले विकास निर्माणका कामलाई तिव्रथाका साथ अगाडी बढउँदै जनताका गुनासाको समाधान गर्दै जाने बताउनुभयो । उहाँले नागरिकका साना साना समस्याबाट समृद्धिको सुरु गरेको भन्दै नागरिक आत्मनिर्भर नबन्दा सम्म ठुला विषय परिकल्पना वाहिर भएको बताउनुभयो ।
सार्बजनिक सुनुवाई कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाकामा ३ घण्टासम्म चलेको थियो ।
नगरपालिकामा गत वर्ष देखि नियमितरुपमा सार्वजनिक सुनुवाई हुदैआएको छ । जसले प्रभावकारी योजनाहरुको कार्यन्वयन र दीगो विकासको अवधारणालाई आत्मसाथ गर्न सहयोग गर्ने अपेक्षा राखिएको छ ।
प्रतिक्रिया