काठमाडौं । नुवाकोटस्थित सिस्डोल ल्यान्डफिल्ड साइटका स्थानीयको अवरोधका कारण केही दिनदेखि नउठाइएको काठमाडौंको फोहोर उठाउन थालिएको छ । स्थानीय र काठमाडौं महानगरपालिकाबीच तीन बुँदे सहमति भएसँगै काठमाडौंको फोहोर उठाउन सुरु गरिएको हो ।
यसअघि सिस्डोलका स्थानीय र काठमाडौं महानगरका पदाधिकारीबीच सहमति हुन नसकी झडपको स्थिति पनि सिर्जना भएको थियो ।
प्रभावित क्षेत्रका बासिन्दा क्षतिपूर्ति बढाउनुपर्ने, बाँकी क्षेत्र पनि अधिग्रहण गर्नुपर्नेलगायतका माग गर्दै आन्दोलनमा उत्रिएका थिए । जसका कारण महानगरले काठमाडौंको फोहोर उठाउन सकेको थिएन ।
वार्तापश्चात महानगर र स्थानीयबीच माग पूरा गर्नका लागि समिति गठन गर्ने सहमति भएको छ । त्यसै गरी फोहोर व्यवस्थापनका लागि स्थानीयले अवरोध गर्ने छैनन् भने महानगर र आन्दोलनरत पष दुवैको प्रतिनिधित्व भएको समितिले सिफारिस गनेअनुसार स्थानीयको माग पूरा गर्न महानगर सहमत भएको छ ।
प्रतिक्रिया