काठमाडौं उपत्यकालाई १२ वटा ब्रुमर दिने मुख्यमन्त्री पौडेलको घोषणा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ असार २०७६, मंगलवार ०३:२९

काठमाडौं । प्रदेश ३ को सरकारले काठमाडौं उपत्यकाको सफाईका लागि १२ वटा धूलो उठाउने ब्रुमर तत्काल उपलब्ध गराउने घोषणा गरेको छ । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले काठमाडौं उपत्यकालाई सफा सहरको रुपमा विकास गर्न केही समय भित्रै १२ वटा ब्रुमर उपलब्ध गराउने घोषणा गरेका छन् ।

काठमाडौंमा सोमवार आयोजित एक कार्यक्रममा बोल्दै पौडेलले काठमाडौं उपत्यकामा हुने सडकको भीडलाई उचित व्यवस्थापन गर्न १० वटा आकाशेपुल निर्माणका लागि आवश्यक बजेटको व्यवस्था गरिएको जानकारी दिए । काठमाडौंका जनताले प्रदेशको राजधानी कहाँ भनि खोज्ने गरेको उल्लेख गर्दै मुख्यमन्त्री पौडेलले उनीहरुको घरघरमा सरकारको अनुभूति हुने गरी काम गर्ने प्रतिवद्धता पनि जनाएका छन् ।

कार्यक्रममा मुख्यमन्त्री पौडेलले काठमाडौं उपत्यकामा विद्युतीय बस संचालनका लागि ३० करोड रुपैयाँ हस्तान्तरण गरेका छन् । सर्वसाधरणलाई सस्तोमा यातायात सेवा उपलब्ध गराउने उद्देश्यका साथ काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकासँगको सहकार्यमा काठमाडौं उपत्यकामा विद्युतीय बस संचालन गर्ने कामलाई अघि बढाइएको पनि उनले जानकारी दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१