यस्ता छन् हस्तमैथुनका फाईदा र बेफाईदा…

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ असार २०७६, सोमबार ०४:१२

यौन विषय मानिसले चासो र महत्व राख्ने विषय हो । कुनै न कुनै रुपमा मानिसहरु यौन जीवनसँग जोडिएर रहेका हुन्छन् । वैवाहीक जोडीहरु लाई त ठिकै हो तर विवाह बन्धनमा नबाँधिएकाले के गर्ने त भन्ने विषय धेरैको चासोको विषय हुन सक्छ । अहिले युवा अवस्थामा तीव्र यौन इच्छा हुनु स्ववाभिक हो तर त्यलाई पुरा गर्न नसक्दा उनीहरुको मनसाय गलत पनि हुन सक्छ । उनीहरुमा जागेको यौन इच्छा मेट्ने त्यस्तो कुनै बाटो हामीकहाँ छैन ।
फाईदा
अहिले यस्तो अवस्थामा हस्तमैथुन यसका लागि उपयोगी माध्यमका रुपमा देखा परेका छ । यौनआनन्द पाउने उपायहरूमध्ये यौन अङ्गको घर्षण नै प्रमुख हो । यौनसम्पर्कमा यौनाङ्गहरू नै एकआपसमा घर्षण गराइन्छ ।

यस्तो घर्षण अरू कसैको यौन अङ्गमा गराउँदा मात्र होइन, हातले गराउँदा पनि आनन्द आउँछ । सिद्वान्ततः यौनसम्पर्क गर्दा र हस्तमैथुन गर्दा यौन आनन्द पाउने प्रक्रिया उस्तै हो, त्यसैले सम्भोग गर्दा हानि नहुने र हस्तमैथुन गर्दा हानि हुने कुरा भन्न मिलेन । कतिपय गलत धारणा वा भ्रमहरू व्याप्त भए पनि हस्तमैथुनले स्वास्थ्यसम्बन्धी हानिनोक्सानी गर्दैन । हस्तमैथुनले यौनइच्छाको दमनबाट हुने तनावबाट मुक्ति दिलाउँछ ।

त्यसैले हस्थमैथुनले अनावश्यक गर्भधारण, देहव्यापारीसँगको यौनसम्बन्ध, यस्ता क्रियाकलापमा खर्च हुने धन तथा समयको दुरुपयोगबाट पनि बचाउँछ । अर्को व्यक्तिसँग यौनसम्पर्क नै नहुने भएकाले अहिले चर्चामा रहेका एड्स वा अन्य यौनरोगहरू लाग्नबाट पनि बचिन्छ ।

बेफाईदा

अहिलेदेखि हस्तमैथुन गर्नाले पछि विवाह गरेपछि त्यसले नकारातमक असर पार्न सक्छ । हस्तमैथुनको बानी परेपछि यौन सम्पर्कमा ध्यान नजाने र तपाईको सम्बन्ध बिग्रने सम्भावना पनि हुन सक्छ । तपाईंलाई महिलासँगको यौनसम्पर्क हुँदा यौनेच्छा शान्त पार्ने वैकल्पिक उपायको आवश्यकता नभएको देखिएको छ, तर तपाईंले विवाहभन्दा बाहिरको यौनसम्बन्धले ल्याउने समस्याका बारे मा विचार पुर्यापउनुभएकै होला ।

लय कभहज्ञमानिसहरु विवाहपछि पनि हस्तमैथुन गर्छन् । कतिपय परिस्थितिमा विवाहित भए पनि यौनसम्पर्कका अवसरहरू प्राप्त नहुँदा यस्तो गरिन्छ भने कहिले अवसर पाएको स्थितिमा पनि । पहिलेदेखि बानी परेका केही व्यक्ति सजिलो रूपमा यौन चरमसुख पाउन हस्तमैथुन गर्छन् । कहिलेकाहीं मात्र यस्तो हुने गरेको र सामान्य यौनजीवनलाई प्रभाव नपारेको भए त खासै केही फरक पर्दैन, तर आफ्नो यौनसाथी अर्थात् श्रीमान् वा श्रीमतीसँग यौनसम्पर्क नै नगरेको स्थितिमा भने फरक पर्छ । दुवैजना आपसी हस्तमैथुनमा संलग्न भए यौनआनन्दलाई बढाउन सकिन्छ ।

त्यसैले एकान्त वा हस्तमैथुन गर्न पायक पर्ने ठाउँमा सकभर नबस्ने प्रयास गर्नुपर्छ । बरु सक्दो अन्य व्यक्तिहरूको माझमा समय बिताउने बानी बसाउन सके हस्तमैथुन गर्न पायक पर्दैन । यस्ता उपायले हस्तमैथुन गर्ने बानीमा कमी ल्याउन सकिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१