शैक्षिक गुणस्तर सुधार गर्न पुस्तक वितरण

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ भाद्र २०७१, बिहीबार १०:५३

गणेश विष्ट

भोजपुर १९ भाद्र। सामुदायिक बिद्यालयहरुको शौक्षिक गुणस्तर सुधार गर्ने र बिद्यार्थीहरुको पठन संस्कृतीको बिकास गर्ने उद्धेश्यका साथ भोजपुरको शिशु शिक्षा बिकास मा.वि सिन्द्रङ्गलाई पुस्तक वितरण गरिएको छ ।
भोजपुरको दुर्गम सिन्द्रङ्ग गा.वि.स को एकमात्र मा.वि मा पुस्तकालय स्थापनाको लागि पहिलो चरणमा २ सय ७५ थान पुस्तक बिद्यालयका शिक्षक शिशिर राईलाई हस्तान्तरण गरिएको छ । विद्याथीको बौद्धिक स्तर उठाउनको लागि पुस्तकालय अपरिहार्य भएकोले पुस्तक संकलनमा आफुहरु सकृय भएको एक अभियान कर्ता अर्जुन राईले बताए । युवा सहभागीता नेपालले अन्य युवाहरु संग मिलेर संकलन गरेको पुस्तकहरु भोजपुरको शिशु शिक्षा बिकास मा.वि सिन्द्रङ्गलाई प्रदान गरिएको हो ।
यस्तै नेकपा एमाले जिल्ला कमिटी भोजपुरका अध्यक्ष प्रेमकुमार राईले पुस्तकालय स्थापनाको खवरले आफुअत्यान्तै खुसी भएको बताउदै आफुले अध्ययन प्रारम्भ गरेको बिद्यालय भएकोले आफुलाई स्कुल पठाउनु हुने बुबा आमाको सम्झनामा १० हजार बराबरको पुस्तक पुस्तकालयलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

पुस्तकहरु स्थानीय तथा अन्य सुवेक्षुकहरुबाट काठमाण्डौ, चितवन , बिराटनगर
लगायत स्थानमा संकलन गरिएको थियो । बिद्यालय सम्म पुस्तक पुर्याउनको लागि धुवानी खर्च बिद्यालय आफैले व्योहोर्ने भएको छ । स्वमसेवि संस्था, युवा सहभागीता नेपालको संयोजनमा पुस्तकालय स्थापना को लागि गत असार महिनाबाट पुस्तक संकलन कार्य सुरु गरिएको थियो । पुस्तकालयलाई भारतीय राजदुतबास र एसीया फाउन्डेसनले पनि सहयोग गर्ने भएका छन् । संस्थाले दशंै अगाडि दोस्रो चरणमा पुस्तकहरु बितरण गर्ने र संकलन गरिएको पुस्तकहरु ४ चरणमा प्रदान गर्ने भएको छ ।

बिद्यार्थीहरुको पठन पाठन गर्ने बानीमा बिकास गर्न र बिद्यालयको शौक्षिक गुणस्तर सुधार गर्न पुस्तकालय अपरिहार्य भएकोले पुस्तक संकलनमा आफुहरु दिन रात नभनि सकृय भएर खटि रहेको र अझै विभिन्न सामाजिक संजालबाट पनि सहयोगको लागि काम भईरहेका अभियान कर्ता अर्जुन राईले बताए । पुस्तक दिन इच्छुक दाताहरुको संङख्या निरन्तर बृद्धि भईरहेकोले आफुहरुमा थप हौसला बृद्धि भएको राईको भनाई छ ।

प्रतिक्रिया