काठमाडौं । काठमाडौंको चक्रपथ सरसफाई महा- अभियानले ११७ औ हप्ता पार गरेको छ ।
काठमाडौंको वसुन्धरामा रहेको ग्रीनसिटी हस्पिटलको संयोजनमा भएको चक्रपथ सरसफाई महा-अभियानले शनिवारदेखि ११७ औं हप्ता पुरा गरेको छ ।
प्रत्येक हप्ताशनिबार बिहान ७ देखि ९ बजे सम्मफोहर संकलन अभियानमा काठमाडौ महानगरपालिका , टोखानगरपालिका , लायन्स क्लब , ग्रिनसिटी अस्पताल, यतिहेल्थ साइन्स एकेडेमी, हिमालय बाताबरण सस्था , पत्रकार ,कलाकार , राजनीतिज्ञ , प्रहरी सशस्त्र प्रहरी , नेपाली सेनाको समेत सहभागिता हुने गरेको छ । बिभिन्न संघसंस्थाको सहयोगमा स्वतःस्फूर्त रुपमा सरसफाई अभियान सञ्चालन हुदै आएको छ ।
११७ औ हप्तामा आइपुग्दा घरदैलो कार्यक्रमलाई प्राथमिकता संगै सबैजना जनचेतना संगै अगाडी बढाउने र फोहोर हुनै अभियानमा लाग्ने सरसफाई अभियानका अभियन्ताहरुको भनाइ रहेको छ ।घरदैलोमा पसल पसलमा र घर घरमा बाहिर थुपारेका फोहर लिन आउने बेला सिठिको आवाज संगै फोहर निकाल्नु पर्ने नआएमा आफ्नै घर कम्पाउण्ड भित्र सुरक्षित राख़्न समेत आहवान गरेका छन ।
अभियानमा ४०० को सहभागी रहेको थियो भने ७ टन फोहोर संकलन गरिएको थियो । कार्यक्रममा बैंकका सी. इ.यो. महेश ढकालको समेत उपस्थिति रहेको थियो ।
प्रतिक्रिया