परिवर्तन समाजको डिप्रेशन सम्बन्धि जनचेतना मुलक कार्यक्रम सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ असार २०७६, आईतवार ०४:१६

काठमाडौँ । नेकपा केन्द्रिय सदस्य एवं काठमाडौँ ३ का प्रतिनिधि सभा सदस्य कृष्ण राईले मानिस खुसी र शान्ती रहे डिप्रेशनको सिकार हुनुबाट बच्ने बताएका छन्। ईस्ट पोल उमाबि नारायणटार स्थिति परिवर्तन समाजले आयोजना गरेको डिप्रेशन सम्बन्धि जनचेतना मुलक कार्यक्रमको उत्घाटन गर्दै सांसद राईले डिप्रेशन प्राण घातक रोग भएको बताए। उनले यस्ता रोग यहि कारणले लाग्छ भन्ने तत्व नभएको बताए। मनो रोग कै बिज्ञ मनो रोगको सिकार भएको समेत स्मरण गराउदै सांसद राईले यस्ता घातक समस्याको जनचेतना कार्यक्रम गर्नु आफैमा महत्व रहेको बताए।

कार्यक्रममा स्वामी आनन्द बिनोदले डिप्रेशनको लक्षण, बच्ने उपाय, बारे प्रशिक्षण दिएका थिए।
गोकर्णेश्वर नगरपालिका को सहयोगमा गरिएको कार्यक्रम को सभापति परिवर्तन समाजका अध्यक्ष सुमित्रा रिजाल दंगाल,कार्यक्रममा गोनपा ५ वडा अध्यक्ष नारायण सुबेदी, सदस्य लिला मणि खतिवडा, ईस्ट पोल का प्रिन्सिपल राजेश राई, गोबिन्द घिमिरे, केदार भट्टराई लक्ष्मी पराजुलीको बिशेष उपस्थिति रहेको थियो।
कार्यक्रम संचालन परिवर्तन समाजकि सचिब दिल कुमारी पुडासैनीले गरेकी थिइन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ३०, २०८१