कोकाकोला खाएको १ घण्टापछि तपाईको शरीरमा के–के हुन्छ ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ असार २०७६, शनिबार ०५:१७

सफ्ट ड्रिंक्ससँग जोडिएको एउटा समाचारले विश्वमा खलबली मच्याएको छ । ब्रिटेनका पूर्व फार्मास्टिक नीरज नाइकले आफ्नो एक ब्लगमा कोल्ड ड्रिंक्स खाएपछि शरीरको भित्र हुने प्रभावका बारेमा केही कुरा बाहिर ल्याएका छन् ।

उनले यस ब्लगमा कोकाकोला खाएकोडेली मेलका अनुसार नाइकले एक ग्राफिकका माध्यमबाट बताएका छन् कि कोल्ड ड्रिंक्सले शरीरको आवश्यक खनिज पदार्थ बाहिर ल्याउँछ र मानिस मानसिक र शारीरिक रुपमा बदलिन थाल्दछ ।

पहिलो १० मिनेट

जब तपाई एउटा कोकाकोला खानुहुन्छ तब तपार्यको शरीरमा १० चम्चा चिनी भित्र जान्छ । योमात्रा २४ भण्टामा लिएको चिनीको मात्रा बराबर हुन्छ । अचानक यति मिठो खाइपछि तपाईलाई बान्ता पनि हुन सक्छ तर त्यसमा मिसीएको फास्टोरिक एसिडका कारण यसो हुँदैन ।

२० मिनेटपछि

कोक आएको २० मिनेटपछि खाने मानिसको ब्लड सुगर एकदमै बढ्छ ।
जसका कारण शरीरको लिबरले शरीरमा प्रतिक्रिया गर्छ र माटोपना बढ्न जान्छ ।

४० मिनेटपछि

त्यसपछि उसको शरीरमा क्याफिनको मात्रा छिट्टै बढ्दै जान्छ । अर्कोतर्फ ब्लड प्रेसर पनि बढ्दै जान्छ । जसका कारण तपाईको लिबरले रगतमा अझ बढी चिनीका मात्रा पुर्याउँछ । अनि मस्तिष्कमा रगत जान कम हुन्छ ।

४५ मिनेटपछि

त्यसपछि तपाईको शरीरलाई मादक पदार्थ सेवन गरेको जस्तो लाग्दछ । शरीरले डोपामाइनको उत्पादन बढाउँछ र दिमागको खुसी दिने भाग सक्रिय बनाउँछ ।

६० मिनेछपछि

खाएको १ घण्टापछि तीन प्रक्रिया हुन्छ ।

१. फास्फोरिक एसिडले तपाईको शरीरको भित्रि भागमा क्याल्सियम, मेग्निसियम र जिंकलाई एकस्थानमा जम्मा पार्छ । जसका कराण मेटाबोजिल्म बढ्छ । चिनी र अन्य आर्टिफिसियल मिठासको बढ्दो मात्राका कारण मेटाबेल्जिक अरु बढ्छ । यसपछि मानिस पिशाब फेर्न जानछन् र केल्सियम बाहिर निक्लिन्छ ।

२. क्याफिनलाई तरल बनाउने गुणले असर देखाउन थाल्छ । अनि तपार्यलाई पटकपटक पिशाब लाग्न थाल्छ ।
जसका कारण तपाईको शरीरबाट क्याल्सियम, मेग्निसियम र जिंक र सोडियम बाहिर जान्छ जुन तपाईको हड्डीमा जानुपर्ने हो ।

३. जसरी यो प्रक्रिया हुन्छ । मिठोपनको असर बढ्दै जान्छ । अनि तपाई अल्छी बन्न थाल्नुहुन्छ । कोकमा भएको पानी यूरिनद्धरा बाहिर निक्लन्छ ।

हामीले केहि थप जानकारी दिइएका छाै

यसरी बढ्ने गर्मीबाट कसरी राहत पाउने ? कुलर ठिक कि एसी ?

केही दिनको झरी थापिमएसँगै वायुमण्डलमा तातो हावा चल्न थालेको छ । घामको राप थप चर्को बन्दैछ ।

तराई लगायतका क्षेत्रको तापमान उच्च रहने गर्छ । तराईका खासगरी शहरी क्षेत्रको तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी हुनेगर्छ । मध्य गर्मीमा काठमाडौंको तापमान ३० डिग्री सेल्सियस पुग्छ । रुपन्देही, भैरहवा, बारा लगायतको गर्मी खपिनसक्नु हुन्छ । यी क्षेत्रमा तातो हावा चल्ने गर्छ ।

यसरी बढ्ने गर्मीबाट कसरी राहत पाउने ?

केही विकल्प छन् । प्राकृतिक रुपमा र कृतिम रुपमा गर्मी छल्ने काइदा छन् । कोही गर्मी छल्न हिल स्टेशन अर्थात पहाडी क्षेत्रतिर उक्लन्छन् । कोही चिसो पानीमा डुबुल्की मार्छन् । कोही एसी, फ्यान वा कुलरको साहारा लिन्छन् ।

हिल स्टेशन जाने, पौडी खेल्ने आदि दीर्घकालिन उपाय होइन । किनभने हामी आफ्नो कामकाज, पेशा, व्यवसाय छाडेर गर्मी अवधीभर पहाडतिर उक्लन सक्दैनौ । चिसो पानीमा डुबुल्की मारेर बस्ने कुरा पनि भएन ।

गर्मी क्षेत्रमा घर, कार्यलय, कार्यथलो आदिमा फ्यान, एसी, कुलर जस्ता उपकरण जडान गरिन्छ, जसले कृतिम रुपमै भएपनि गर्मीबाट राहत दिलाउँछ । अर्थात आफ्नो कोठा, कार्यथलोलाई वाताअनुकुलित बनाएर गर्मी छल्न सकिन्छ ।

हुन त तपाईं/हामीले अनुभव गरेकै छौ, कुलर वा एसीमा लामो समय बस्दा टाउको दुख्ने, रुँघा लाग्ने जस्ता समस्या हुन्छ । खासगरी श्वासप्रश्वास सम्बन्धी समस्या भएकाहरुलाई यसबाट थप हानी हुन्छ । त्यसो भए यी उपकरणमध्ये कुन बढी प्रभावकारी र स्वास्थ्यका हिसाबले कुन उपयोगी त ?

हाम्रो स्वास्थ्यका हिसाबले एसी उपयुक्त कि कुलर ?

कतिपय अवस्थामा एसी पनि ठिक लाग्छ । किनभने यसले हावालाई चिसो बनाउनका साथै खानेकुरालाई पनि ताजा राख्न सहयोग गर्छ । त्यसैगरी कुलरको कुरा गर्दा यसले धेरै विद्युत खपत गर्दैन । स्वास्थ्यका हिसाबले चाहि कुन बढी उपयोगी त ?

कुलरको खतरा

कुलरको पानी यदि समयमा बदलिएन भने यसबाट डेंगु, मलेरिया फैलाउने लामखुट्टे फैलन सक्छ । जबकी एसीमा त्यस्तो खतरा हुँदैन । हुन त लगातार एसीमा बस्नु पनि शारीरिक हिसाबले फाइदाजनक मानिदैन । तपाईं लगातार एसीमा बस्नुभयो भने एसीमै बस्ने बानी पर्छ । यसले तपाईंको प्रतिरक्षा प्रणालीमा पनि समस्या निम्त्याउँछ । किनभने एसीमा बसिरहँदा शरीरले जसरी पसिना निकाल्नुपर्ने हो, सो निस्कदैन ।

श्वासप्रश्वासको समस्या

एसीमा लामो समय विताउने व्यक्तिलाई श्वासप्रश्वासको समस्या हुनेगर्छ । एसी चलाइरहेको बेला हामी सबै झ्याल ढोका बन्द गरेर बस्छौ । बाहिरको हावा घरभित्र पस्न पाउँदैन । जति हावा कोठा एंव घरभित्र हुन्छ, त्यती हावा प्रदूषित अवस्थामा पनि हुन्छ । यसले श्वासप्रश्वास सम्बन्धी समस्या निम्त्याउँछ । यो समस्या अझ उनीहरका लागि बढी हुनसक्छ, जसलाई दमको समस्या छ ।

साइनस र टाउको दुखाई

ति व्यक्ति जो एसीमा चार घण्टाभन्दा बढी समय बिताउँछन्, उनीहरुलाई साइनसको खतरा हुन्छ ।

तौल बढाउन सक्छ

कहिले काहीँ यस्तो पनि देखिएको छ कि, एसीको कारण व्यक्तिको तौल बढ्ने । कारण के हो भने, जब तपाईं एसीमा बस्नुहुन्छ तपाईंको मेटाबोलिज्म कम हहुन्छ । दिनभर एसीमा बसेर काम गरिरहँदा शरीरबाट पसिना निस्कदैन । शरीरको फ्याट बर्न हुँदैन । यही कारण मोटोपन बढ्ने भय रहन्छ ।

छाला रुखो हुन्छ

एसीमा लगातार बसिरहँदा छाला रुखो हुने समस्या हुन्छ । एसी २० देखि २२ डिग्रीसम्म चलाइएको छ भने त खास समस्या भएन, तर त्यो भन्दा बढी चलाउँदा त्यसले छालालाई रुखो बनाउँछ । यसैले एसीमा बस्दा पर्याप्त पानी पनि पिउनुपर्छ ।

ताजा हावाबाट बञ्चित

जब तपाईं लामो समय एसी रुपमा बस्नुहुन्छ, ताजा हावा प्राप्त हुँदैन । फ्रिन ग्यासले तपाईंको कोठाको वातावरण गर्मीलाई अवाशोषित गरेर कोठालाई चिसो बनाउँछ । गर्मी हावा र वतावरण पनि स्वास्थ्यका लागि आवश्यक छ । शरीरको तापमान सन्तुलन राख्नका लागि हामीले चिसो हावाका साथै गर्मी हावामा पनि बस्नुपर्ने हुन्छ ।

गर्मीमा घरलाई सितल राख्न यी तरिका

चर्को गर्मी खुला ठाँउमा त झेल्नैपर्छ ।गर्मीको सिजनमा घरमा प्रवेश गर्दा पनि उकुस मुकुस हुनुपर्दा दिक्क लाग्छ । त्यसैले गर्मी महिनामा घरलाई सितल बनाइ राख्नुपर्छ ।

तर, कसरी ?

झ्याल, ढोका खुला राख्नुपर्छ, यद्यपी साँझको समयमा भने बन्द गर्नु पर्छ । किनभने यो समयमा मच्छड छिर्न सक्छ ।

झ्यालको पर्दा पातलो, पारदर्शी हुनुपर्छ । उज्यालो रंगको पर्दा उपयोगी हुन्छ । बेड कभर पनि सकेसम्म उज्यालो रंगको भए राम्रो ।

इनडोर प्लान्टले कोठको शोभा मात्र बढाउँदैन, सितलता समेत प्रदान गर्छ । झट्ट हेर्दा पनि सितल अनुभव हुन्छ ।

कोठामा अनावश्यक सामग्री धेरै राख्नु हुँदैन । सकेसम्म खुला हुनुपर्छ । एकै ठाँउमा धेरै सामग्री राख्दा पनि त्यसले गर्मी पैदा गर्छ ।

गर्मीमा स्वास्थ रहने तरिका यस्ता छन्

गाजर, गोलभेँडा, पालक, काँक्रो, खरबुजा, मेवा, आँपजस्ता फलफूलमा क्यालोरी कम हुन्छ । त्यही भएर गर्मीमा यस्ता मौसमी फल खानु राम्रो हुन्छ । यसले एसिडिटीको समस्याबाट पनि मुक्ति दिन्छ ।

यस्ता मौसमी तरकारी र फलफूल खाने गर्नाले शरीर शीतल रहन्छ ।

गर्मी मौसममा दिउँसोतिर भोक लाग्यो भने फलफूल, सलाद र सुप खान जोड दिनुपर्छ । यस्तो खानाले पेट पनि भरिन्छ र शरीरमा अनावश्यक बोसो पनि लाग्दैन । साथै, शरीरलाई गर्मी पनि गर्दैन ।

गर्मीको मौसममा मोटा मानिसले बिहानको खाजामा केरा खानु राम्रो हुन्छ । यसो गर्दा वजन बढ्दैन । साथै, केरामा पाइने पोटासियम र आइरनले गर्मीमा मानिसलाई दिनभरि फुर्तिलो राख्न मद्दत गर्छन् ।

बिहान–बेलुका फटाफट हिँड्ने गर्नाले गर्मीमा ज्यादै राम्रो गर्छ । यसो गर्दा शरीरमा अक्सिजनको मात्रा बढ्छ ।

रातको खाना खाएपछि १५–२० मिनेट बिस्तारै टहल्नु लाभदायक हुन्छ । जाडोमा भन्दा गर्मीमा यस्तो गर्न सजिलो हुन्छ ।

पानीको ‘इन्टेक’ बढाउने अनेक तरिका छन् । पानी खाइरहन मन लाग्दैन भने जुस, दही, लसी, कागतीपानी, सर्बत, नरिवलको पानी, तरकारी तथा गेडागुडीको सुप, फलफूल आदि खाएर शरीरमा पानीको आपूर्ति बढाउन सकिन्छ ।

गर्मीमा चिया, कफी सकेसम्म कम खानुपर्छ । ग्रिन टी खाने बानी बसाल्नु गर्मीमा बढी लाभदायक हुन्छ ।

गर्मीमा चिसो पानी पर्याप्त मात्रामा खाने गर्नाले पाचन प्रणाली सुध्रिने र शरीर शीतल हुने गर्छ ।

गर्मी मौसममा कोल्ड ड्रिक्स भन्दा फाइदाजनक हुन्छ मही

पेट पोल्ने तथा ग्याष्ट्रिकले अति नै सताएको छ भने घुट-घुट गर्दैै मही पिउनुस् । एकैछिनमा ठिक हुन्छ । साथै महीमा अदुवा तथा कालो मरिच राखेर पिउनाले अमिलो डकार आउने बन्द हुन्छ ।

गर्मी समयमा शरिरमा पानीको मात्रा कम हुन्छ । यस्तो अवस्थामा मही पिउने गनुस् । महीमा पाइने इलेक्ट्रोलाइटले डिहाइड्रेसनको समस्या निर्मुल पारिदिन्छ ।

तैलीय तथा मसालेदार खानाले शरिरमा वोसो जम्मा हुँदै जान्छ । तर खानापछि एक गिलास मही पिउनाले शरिरमा वोसो जम्न पाउदैन साथै यसले कोलस्ट्रोललाई नियन्त्रण गर्दछ ।

नियमित रुपमा मही खानाले पेटसम्बन्धी सम्पुर्ण रोग निको हुन्छ । यसमा पाइने तत्वले पाचनक्रियालाई सहयोग पुर्याइ ग्याष्ट्रिक बढ्न दिदैन।

महीबाट भिटामिन बी कम्प्लेक्स, प्रोटिन र पोटासियम पाइन्छ । मही खानाले शरिरलाई उर्जा प्राप्त हुन्छ र फ्रेस महशुस हुन्छ ।

कस्तो खानेकुरा गर्मीमा सही हुदैन ?

१. चिया कफी

गर्मीमा पर्याप्त पेय पदार्थ पिउनुपर्छ । चाहे त्यो पानीको रुपमा होस् वा रसिलो फलफूलको रुपमा नै । झोलयुक्त खानेकुरा, फलफूल आदिको सेवनले शरीरमा पानीको मात्रा सन्तुलित बनाइराख्छ ।

तर, हाम्रो दैनिक पेय चिया र कफी भने गर्मीमा उपयुक्त हुन्न ।

२. प्रोसेस्ड फूड

गर्मीको मौसममा तयारी वा प्रशोधित खानेकुराले पनि स्वास्थ्यमा नोक्सान पुर्‍याउँछ । यस्ता खानेकुरामा नुन, चिनी तथा बोसोको मात्रा बढी हुन्छ ।

प्रासेस्ड फूड सेवन गरेपछि धेरै पसीना आउँछ, जसले शरीरमा पानीमा मात्रा कम हुन जान्छ । यस्तो खानेकुराले पाचनयन्त्रलाई पनि हानी गर्छ ।

३. कोल्ड ड्रिंक

चर्को गर्मीमा हामीलाई चिसो कोकाकोला, फ्यान्टा, पेप्सी घुट्क्याउन मन लाग्छ । यसले हाम्रो रहर पूरा भए पनि तिर्खा भने मेटिँदैन ।

यस्तो पेय गर्मीमा बढी खपत हुने भए पनि त्यसले शरीरलाई फाइदा गर्दैन । बरु कोल्ड ड्रिंकको बदलामा सर्वत पानी, कागती पानी, मोही सेवन गर्नु राम्रो हुन्छ ।

४. स्ट्रिट फूड

चर्को गर्मीमा कतै हिँडिरहेका बेला तपाईलाई चटपटे वा पानीपुरीले लोभ्याउन सक्छ । यस्ता खानेकुराले जिब्रोलाई क्षणिक स्वाद पनि दिन्छ ।

तर, पेटमा पुगेपछि भने गडबड हुन्छ । गर्मी याममा फूटपाथमा राखिएका चटपटे, पानीपुरी, आलुचप जस्ता कुनै पनि खानेकुरा ताजा र सफा हुँदैन, जसले पाचन यन्त्रलाई हानी गर्छ ।

५. तारेको खानेकुरा

गर्मी मौसममा तारेको भुटेको खाने कुराहरु खानु हँदैन । गर्मीमा यस्तो खाने कुरा पच्दैन । अझ घर बाहिर त तारेको, भुटेको खानेकुरा खानै हुन्न ।

किनभने त्यसका लागि एकदमै कमसल तेलको प्रयोग गरिएको हुन्छ । एकपटक तारेको तेल पटक–पटक प्रयोग गरिन्छ, जुन विषाक्त हुनपुग्छ ।

६. जंग फूड

छिटो, छरितो र मीठो खान्कीको रुपमा खाने खानेकुरालाई नै जंक फूड भनिन्छ । यो बजारमा सजिलै पाईन्छ । यस किसिमको खानेकुराले जिब्रोलाई क्षणिक लोभ्याए पनि शरीरलाई हानी गर्छ ।

अझ गर्मीको समयमा त जंक फूड विषलाई विष जस्तै मानिन्छ । यसको सेवनले फूड प्वाइजनिङ समेत हुनसक्छ ।

७. स्पाइसी फूड

हामी अक्सर चिल्लो, चाप्लो, मसलेदार खानेकुरा खान्छौँ । यस्तै खानेकुराको सेवनले हामीलाई रोग लाग्छ । मसलेदार खानेकुराले जिब्रोलाई स्वाद दिए पनि त्यसले पाचन यन्त्रलाई सास्ती दिन्छ ।

त्यस्ता खानेकुरा पचाउन निकै गाह्रो हुन्छ । अझ गर्मीको मौसममा त मसलेदार खाना नखाएकै वेश । किनभने, यसले शरीरको तापक्रम बढाइदिन्छ । पसिना बढी आउँछ र शरीरमा पानीको अभाव हुन्छ ।

८. ननभेज

गर्मीका लागि मासुजन्य खानेकुरा उपयुक्त मानिँदैन । यसमा रहेको प्रोटिन चाँडै पच्दैन । यही कारण पाचन प्रक्रियामा असर पुर्‍याउँछ ।

त्यसैले गर्मीमा ननभेज खानेकुरामा जोड दिनु हुँदैन । हरियो सागपात एवं मौसमी तरकारी सेवन गर्नुपर्छ, जसले पाचन यन्त्रलाई चुस्त र तन्दुरुस्त राख्छ ।

९. ड्राइ फ्रूट्स

शरीरलाई स्वस्थ्य र तन्दुरुस्त राख्न सन्तुलित भोजनको आवश्यकता हुन्छ । यसको नियमित खानामा ड्राई फ्रूट्स पनि सामेल गर्नुपर्छ । स्वास्थ्यका लागि यो फाइदाजनक छ ।

तर, गर्मी मौसममा भने होइन । किनभने यसले शरीरको तापक्रम वृद्धि गर्छ । यदि खाने नै हो भने, किसमिश जस्ता रसयुक्त ड्राइ फुड्स ठीक हुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१