दिमाग कमजोर बनाउने यस्ता गलत बानी त छैन तपाइकाे ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ असार २०७६, शनिबार ०५:१२

व्यक्तिको उमेर बढ्दै गएसँगै स्मरण शक्तिमा कमी आउनुलाई सामान्य रुपमा लिएपनि युवा अवस्थामा आउने यस्तो समस्याको पछाडी गम्भिर रोग भएको चिकित्सकहरुको भनाइ रहेको छ । यस्तो समस्या देखिनु भनेको दैनिक जीवनयापन हो । सामान्य लाग्ने बानी व्यवहारकै कारण मस्तिष्कलाई नराम्रो असर परेको हुन्छ ।

यस्तो समस्याले गर्दा व्यक्तिले दैनिक जिवनमा धेरै समस्याहरु झेल्नु परेको हुन्छ । दिनदिनै बढ्दै गएको यस्तो समस्यालाई बेवास्ता गर्दा भविष्यमा दिमागमा नराम्रो असर पर्ने अनुसन्धानबाट देखिएको छ । त्यसकारण आज हामी तपाईहरुले गरिरहेको केही बानीको कारण दिमागमा परेको पत्यक्ष असरको बारेमा बताउन गइरहेका छौँ ।

१.खानपानमा लापरवाही

आफ्नो व्यस्ततालाई ख्याल नगरेर समयमा खानपान नगर्दा मानिसको स्वास्थ्यमा मात्र हैन् दिमागमा समेत असर पर्छ । बिहानदेखि बेलुका सम्म खाने खाना स्वस्थ हुन जरुरी छ । खाली पेट बस्दा दिमागले काम गर्न सक्दैन् । धेरै खाना खाँदा दिमागमा उल्झन पैदा हुन्छ । जसले दिनभर राम्रोसँग काम गर्न सकिदैन् ।

२.धुम्रपान

धुम्रपान स्वास्थ्यको लागि हानिकारक हुन्छ । धुम्रपानको सेवनले आयुलाई छोट्याउने मात्र हैन दिमागलाई पनि छोट्याएर कमजोर बनाउँछ । त्यसकारण धुम्रपान सेवनले स्मरण शक्तिमा ह्रास ल्याउँछ ।

३.गलत बानी

समयको परिवर्तन सँगै मानिसको जीवनशैलीमा पनि परिवर्तन आएको छ । राती लामो समय नसुत्ने, कम्युटर ल्यापटमा व्यस्त हुने जस्ता कुराहरुले दिमागलाई असर पार्छ ।

४.पानी कम पिउँदा

पानी कम पिउने मानिसको दिमागमा तेज कम हुन्छ । पानी पिउने मानिस र तिर्खाको मानिसमा १४ प्रतिशत तेज हुन्छ । यदि कुनै परिक्षामा सामेल हुनुछ । टाढाको यात्रा गर्नु छ भने दिमागलाई तेज राख्न पानी साथमा बोक्नुपर्छ । जसले कुनैपनि महत्वपूर्ण कुरा बिर्सनबाट जोगाउँछ ।

५.अल्छी

अल्छी मानिसको दिमाग कम रचनात्मक हुन्छ । अल्छी गर्ने मानिसले दिमागलाई प्रयोग गर्दैनन् । धेरै दिमागी काम गर्नुहुन्छ । रचनात्मक सिर्जनशिल रहेको छ भने दिमागलाई शक्ति मिल्छ र राम्रोसँग काम गर्न सकिन्छ ।

६.तनाव

याद गर्नुहोस् तनाव पुरै शरिरको शत्रु हो । त्यसकारण तनावबाट मुक्त भएर बस्न जरुरी छ । मृगौलाले तनाव ग्रन्थी उत्पन्न गर्ने भएकाले यसले दिमागलाई प्रत्यक्ष असर पार्छ ।

७.ईयरफोन

लामो समय कानमा ईयरफोन र हेडसेट प्रयोग गर्नाले कानसँगै ब्रेनलाई पनि नकारात्मक असर पर्छ । धेरै बेरसम्म इयरफोनको प्रयोग गर्दा ब्रेन टिशुजको नोक्सान हुन्छ । यसले अल्जाइमरको समस्या पैदा गर्छ ।

८.निन्द्रा

स्वस्थ व्यक्तिले हरेक दिन ७ देखि ८ घण्टासम्म सुत्न जरुरी हुन्छ । यसो गर्नाले शरिरलाई मात्र हैन दिमागलाई पनि स्वस्थ राख्छ । ख्याल गर्नुभएको छ निन्द्रा नपुगेको दिन दिमागले पनि राम्रो काम गर्दैन् ।

९.एक्लोपन

केही मानिसको बानी भिडभाडमा बस्न नरुचाउने एक्लै बस्ने हुन्छ । लामो समयसम्म एक्लै बस्ने बानीले दिमागलाई असर गर्ने भएकाले साथीसँगीसँग बस्नु राम्रो हुने एक अनुसन्धानबाट पत्ता लागेको छ ।

१०.ईयरफोन

तपाईंले देख्नुभएको होला प्रायः मानिसहरु आजभोलि कानमा ईयरफोन र हेडसेट लगाएर गीत सुनिरहको हुन्छन् । तर लामो समयसम्म ईयरफोनको प्रयोग गर्दा कानसँगसँगै ब्रेन टिशुजको पनि नोक्सान पुर्याउँछ । लगातार यसो गर्दा अल्जाइमरको समस्या हुन्छ ।

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै

११ अचम्मलाग्दा दिमागी कसरतहरु जुन सजिला छन् र दिमागलाई तेज बनाउँछन्

ससाना दिमागी कसरतहरुले दिमागलाई स्वस्थ बनाउँछन् । यहाँ लेखिएका दिमागी कसरतहरु गर्नुहोस् जसले स्मरण शक्ति घट्ने क्रमलाई रोक्छ भने दिमाग पनि तेज बनाउँछ । आफु गर्नुहोस् र आफ्ना बच्चाहरुलाई पनि सम्भव भएसम्म गराउँनुहोस् ।

धेरैले भन्दै गरेको सुनिन्छ, ‘मेरो त दिमाग नै बोधो छ’ या घरका ठुलाबडा वा शिक्षकहरुले भन्ने गरेको पनि सुनिन्छ, ‘यसको त दिमाग नै बोधो छ ।’ त्यस्तै आफु स्मार्ट हुनका लागि दिमाग तेज बनाउँन चाहनेहरुको पनि कमि छैन ।

मान्छेले मुखै खोलेर नभनेको हुन सक्छ । अझ धेरै मानिसहरु त जन्मजात नै म यस्तो भनेर चित्त बुझाएर बसेका पनि हुन सक्छन् तर दिमाग तेज बनाउँने र आफु स्मार्ट बन्न सक्ने कुरा असम्भव भने होइन ।

दृष्य, गन्ध, स्पर्श, स्वाद र श्रव्यलाई संवेगसँग मिसाएर गरिने क्रियाकलापले दिमागका भिन्न भिन्न क्षेत्रमा उत्प्रेरणा जगाउँछन् जसले स्नायु कोषहरुमा दिमागलाई चाहिने पौष्टिकतामा वृदि गर्छन् । यसले स्मरण क्षमतामा वृदि गर्छ, दिमागका कोषहरुलाई मजबुत बनाउँछ र उमेरसँगै हुने ह्रासलाई कटौति गर्छ ।

यहाँ उल्लेख भएका दिमागी कसरतहरुलाई बिहान बिहान वा आफुलाई पायक पर्ने समयमा प्रयोग गर्नुहोस् र, यसले पार्ने फरकपनाको महसुस गर्नुहोस् ।

१. धेरै प्रयोग नगर्ने हातले दाँत ब्रस गर्नुहोस्

अध्ययनहरुले देखाए अनुसार हाम्रो हातलाई विपरित तिरको मस्तिष्कले चलाइरहेको हुन्छ । जस्तै : देब्रे हातलाई दाहिने मस्तिष्क र दाहिने हातलाई देब्रे मस्तिष्कले चलाउँछ ।

यसकारण सँधै उहि काममा प्रयोग हुने हातको सट्टामा अर्को हातले सो काम गर्दा मस्तिष्कमा नयाँ सूचना प्रसारित हुन्छ । मस्तिष्कको नयाँ क्षेत्रमा तरंग पुग्छ । यसले गर्दा मस्तिष्क सामान्य भन्दा बढि र फरक किसिमले प्रयोग हुने गर्छ ।

यसकारण सँधै दाहिने हातले ब्रस समाएर दाँत ब्रस गर्नु हुन्छ भने देब्रे हातले ब्रस गर्नुहोस् र ट्युब खोल्दा पनि सँधै गर्ने भन्दा फरक हातको प्रयोग गर्नुहोस् ।

२. आँखा चिम्लेर नुहाउँनुहोस्

तपाईले बन्द आँखाले नुहाउँदा तपाईको हातले आफ्नै शरिरको बनावट र फरकपना थाहा पाउँछ । जसले गर्दा आफुले नदेखेको शरिरको कुरा हातको माध्यमबाट दिमागसम्म सन्देश पुग्छ । यसैल नुहाउँन सुरु गरेदेखि नुहाएर सक्दा सम्म आँखा चिम्लेर आफ्नो स्पर्श ज्ञानेन्द्रियलाई थप सबल बनाउँनुहोस् ।

नयाँ किसिमले आएको सन्देशसँग मस्तिष्क अभ्यस्त नहुनाले मस्तिष्कले फरक किसिमले प्रतिक्रिया दिन थाल्छ ।

३. रुटिन बदल्नुहोस्

बिहान उठेर गर्ने कामहरु लगभग सबै उस्तै हुन्छन् । सँधै एउटै कामहरु गरिरहदा दिमागी स्मरण भन्दा मांसपेशीको स्मरण मजबुत भएको हुन सक्छ । यसैले आफ्नो रुटिनलाई बदल्नुहोस् ।

जस्तै तपाई मर्निङ वाकमा जानुहुन्छ भने बाटो बदल्नुहोस् । हरेक दिन हिडेको बाटोमा नयाँपन त्यति हुदैन । सो बाटोमा हुने सामान्य खाल्डाखुल्डीसम्ममा दिमाग अभ्यस्त भइसकेको हुन्छ जसले गर्दा दिमागलाई सचेत भइराख्ने जरुरत पर्दैन ।

एक्कासी रुट परिवर्तन गर्दा दिमागले नयाँ कुराहरु देख्न पाउँछ । यसका लागि दिमाग सक्रिय भइराख्न पर्छ ।

४. सामानहरुलाई उल्टो पारेर राख्नुहोस्

जस्तै: भित्ताको घडी । तपाईको दिमागले थाहा पाइसकेको हुन्छ कि भित्ताको कहाँनेर घडी छ र त्यसको काँटा कहाँ निर पुग्दा कति बजेको हुन्छ । यस्तो अवस्थामा तपाईले भित्ताको घडीलाई तलतिर फर्काएर झुन्ड्याइदिनु भयो भने ?

पक्कै पनि तपाईको दिमागले नयाँ कुरा देख्नेछ । तपाईको दिमागलाई कति बज्यो भन्ने पत्ता लगाउँन केहि बेर सक्रिय हुनु पर्नेछ । यस्तोमा दिमाग सक्रिय रहन बानी पर्नेछ ।

५. खाना खान बस्ने कुर्सीहरुको स्थान फेरिदिनुहोस्

घरमा प्राय मानिसहरु सामान्यतया एउटै कुर्सी वा स्थानमा बस्ने गर्छन् । यस्तोमा दिमागलाई फरकपना दिनका लागि सँधै बस्ने कुर्सीको स्थान परिवर्तन गर्न सकिन्छ ।

यस्तै, नियमित उहि स्थानमा गरिने कुराहरुको स्थान परिवर्तन गरेर पनि दिमागलाई कसरत गराउँन सकिन्छ ।

६. नाकमा नयाँ गन्ध पुगोस्

तपाईले बिर्सि सक्नु भएको हुन सक्छ, एकाबिहानै पिउँने कफी वा चियाको गन्ध कस्तो छ ? तपाईको दिमाग त्यसमा अभ्यस्त भएर त्यसको वास्ता गर्न छोडिसकेको हुन सक्छ ।

यसैले नयाँ गन्धको कफी वा चिया पिउँने गर्नुहोस् । नयाँ गन्धको अगरबत्ती ल्याउँने गर्नुहोस् । यसले पक्कै पनि दिमागको कसरत बढाउँछ ।

७. सिक्का पैसासँग खेल्नुहोस्

किनभने तपाईको दिमागले नियमित देखिने कुरामा फरक पाउँदैन । सिक्काहरु खेलाउँदा त्यसको स्पर्श र आवाजले तपाईको दिमागमा नयाँपन दिन्छ । सिक्कामा भएको रेखाहरुको बारेमा सम्झन खोज्नुहोस् ।

८. समूहमा रचनात्मक काम गर्नुहोस्

रचनात्मक कामहरुले मस्तिष्कको सेरिब्रल कर्टेक्सलाई सक्रिय बनाउँछ । तपाईले गर्ने कुनै रचनात्मक क्रियाकलाप जस्तै: कविता लेख्ने, चित्र बनाउँने कामले दिमागको सोच्ने क्षमता तथा रंगहरु बुझ्ने क्षमतामा विकास गर्छ ।

समूहमा काम यस्तो काम गर्दा फरक फरक निर्णयहरुका बिचमा काम गर्नु पर्ने भएकाले दिमाग तेज बन्छ र थप सक्रिय हुन पाउँछ ।

९. मानिसहरुसँग सम्पर्क बढाउँनुहोस्

अध्ययनले बताए अनुसार समाज वा मानिसहरुसँग बेग्लै बस्नाले दिमागमा नकारात्मक कुराहरु बढ्न थाल्छन् । यसैले दिनदिनै गरिने कामहरुमा मानिससँग सम्पर्क बढाउँनु राम्रो हुन्छ ।

जस्तै : पसलमा भएका सामानका बारेमा पसलेसँग कुरा गर्ने । गाडीमा कतै जाँदा नजिकको सिटका मान्छेसँग कुरा गर्ने । मेसिनबाट सामान निकाल्ने भन्दा पसलेसँग माग्ने । आदि आदि ।

१०. फरक किसिमले पढ्नुहोस्

सँधै पढ्ने शैलिलाई परिवर्तन गर्दा पनि फरकपना महसुस हुन्छ । शान्त भएर पढ्नेले स्वर निकालेर पढ्ने वा स्वर निकालेर पढ्नेले शान्त भएर पढ्ने गर्दा पनि दिमागलाई कसरत हुने गर्छ ।

११. नयाँ स्वादका खानेकुरा खाने

सँधै एकनासको खानाको सट्टा फरक किसिमको खाना खाँदा नयाँपन महसुस हुने गर्छ । सँधै जस्तो मम र चाउमिनको सट्टा नयाँ स्वादका परिकार चाख्दा मस्तिष्कमा नयाँ सन्देश प्रवाह हुन्छ ।

सँधै बाहिर गएर नयाँ स्वाद चाख्नुको सट्टा घरैमा नयाँ नयाँ परिकारहरु बनाउँदा झन् उपयोगी हुने गर्छ ।

मांशाहारी हुनुहुन्छ भने तेज दिमागका लागि माछा

यदि तपाईं मांशाहारी हुनुहुन्छ भने सकेसम्म माछा र माछाबाट बनेका खानेकुरा बढी खाने गर्नुस्, जसले तपाईंको मस्तिष्कलाई सधैं ताजा र तेज राख्न मद्दत गर्दछ । संसारमा सबैभन्दा कम माछा खाने देश सम्भवत: नेपाल नै होला, किनकि नेपालमा समुद्र छैन ।

अन्य देशमा हप्तामा पाँच छाक माछा खायो भने एक–दुई छाक अन्य मांस खाने चलन छ तर नेपालमा महिनामा एक या दुई छाक मात्र माछा खाने चलन रहेको पाइन्छ । नेपालमा खसी, कुखुरा, भैसी या राँगा र बंगुरको मासु बढी प्रचलित छ जुन स्वस्थ्यको लागि त्यति उपयोगी मानिंदैन । किनकि त्यस्ता रातो मासुले शरीरमा कुनै न कुनै विकार गरिरहेको हुन्छ ।

रातो मासु पचाउनका लागि झन्डै ३२ देखि ३६ घन्टा लाग्ने गर्छ तर माछा पचाउन मात्रा २ देखि ३ घन्टा मात्र लाग्छ यो हिसाबले पनि माछा खानु अति स्वस्थ्यकर मानिन्छ । माछा भन्दैमा हामी सीमितलाई बुझ्छौ तर विश्वमा हजारभन्दा बढी माछाका किसिम पाइन्छ जुनको आआफ्नै रङ, विशेषता हुन्छ । टुना माछामा पाइने तत्व तिलापिया माछामा पाइँदैन त्यस्तै झिंगे माछामा पाइने तत्व सालमन माछामा पाइन्न ।

सजिलो हिसाबले पनि बुझ्न सकिन्छ कि समुद्र या पानीमा हुर्कंने कुनै पनि जीवले जे भेट्यो तेही खाने हुँदा उसको शरीरमा अन्य जन्तुको तुलनामा केही मेनेरल्स र प्रोटिन प्रशस्त पाइन्छ। अमेरिकन हार्ट एसोसिएसनले के पत्ता लगाएको छ भने मनिसलाई आवश्यक पर्ने सम्पूर्ण प्रोटिन माछाबाट प्राप्त गर्न सकिन्छ ।

माछा खानुका फाइदा कयौ छन् तर हामीले केही प्रमुख उल्लेख गरेका छौ ।

नियमित माछा खनाले दिमाग सधैं तेज रहने गर्छ ।

मुटु सम्बधी रोग लाग्नबाट बच्चाउँछ ।

माछाले डिप्रेसन हुनबाट बच्चाउँछ ।

माछामा प्रशस्त भिटामिन डी पाइने हुँदा क्याल्सियमका कारणले शरीरका हड्डी मजबुत बनाउँछ ।

आँखाको भिजन बढाउनुको साथै आँखालाई सधैं स्वस्थ्य राख्छ ।

माछा खाने गर्नाले निद्रा अत्यन्त राम्रो हुँदै जान्छ जसले गर्दा तनावमा भए नि मस्तिष्कले आराम पाउँछ।

माछा या माछाको फूल खानाले छालासम्बन्धी सम्पूर्ण रोग निगाहा हुन्छ र डन्डीफोर आउने डर हुन्न।

शरीरमा कोलेस्टेरोल घटाउन मद्दत गर्छ।

हार्टयाट्याक हुनबाट बचाउन सहयोग गर्छ।

क्यान्सर हुनबाट बच्चाउँछ।

शरीरिक वजन घटाउन पनि नियमित माछा खनाले धेरै हदसम्म मद्दत गरेको हुन्छ।

उच्च रक्तचापलाई नियन्त्रन गर्न पनि माछा खनाले धेरै मद्दत गरेको हुन्छ।

कलेजोमा लाग्ने विभिन्न रोगबाट बचाउन पनि सहयोग पुर्‍याएको हुन्छ।

यदि तपाईं कुनै कारण बेड रेस्टमा हुनुहुन्छ भने नियमित माछा खनाले छिट्टै रिकभर हुन्छ।

यदि तपाईं सधैं निरास देखिनु हुन्छ भने नियमित माछा खाने गर्नाले त्यतिकै खुसी हुने परिवर्तन आउन थाल्छ।

नियमित माछा खनाले बच्चामा लाग्ने सामान्य रोगबाट बच्न सकिन्छ।

नियमित माछा खाने मान्छेलाई छिटो बुढो पनि देखिन्न।

माछा त्यस्तो मासु हो जुन तपाईंले ७ देखी १० मिनेटमा तयार गएर खाना सक्नुहुन्छ किनकि माछा एकदम छिटो पाक्छ। जसबाट समय बचत हुन्छ।

माछा खाँदा जिउ भारी नहुने हुँदा दिउँसोभर शरीर चंगा हुन्छ र काममा मन धेरै जान्छ।

दिमाग खियाउँने प्रश्नहरु – के तपाई जवाफ दिन सक्नु हुन्छ ?

तपाईको रमाइलो तथा दिमागी कसरतका लागि यहाँ हामीले दिमाग खियाउँने प्रश्नहरुको भिडियो लिएर आएका छौँ । यो निर्भिक टल्क्स च्यानलमा भएको दिमाग खियाउँने प्रश्नहरुको भाग ९ हो ।

दिमाग खियाउँने प्रश्नहरु वास्तवमै रमाइला हुन्छन् । झट्ट पढ्दा वा सुन्दा सजिला लाग्ने त्यस्ता प्रश्नहरुको जवाफ दिन केहि बेर धैर्य गर्दा नै राम्रो हुन्छ, किनभने झट्ट सुन्दा वा पढ्दा सजिला लाग्ने त्यस्ता प्रश्नहरुको सहि जवाफ भने अर्कै हुन सक्छ । स्कुल पढ्दा वा कलेजमा बेला बेला यस्ता दिमाग खियाउँने प्रश्नहरु तपाईले जवाफ दिनु भएकै होला ।

जुन सुकै उमेर समूहका मानिसहरुलाई पनि यस्ता दिमाग खियाउँने प्रश्नहरु रमाइला नै लाग्छन् । कतिपय यस्ता प्रश्नहरु अश्लिल पनि हुन सक्छन् । तर यहाँ हामीले राखेको भिडियो सबै उमेरका मानिसहरुका लागि उपयुक्त छन् ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१