स्वस्थ भएर लामो आयु बाँच्न बिहान के गर्न हुदैन र के गर्नु पर्छ ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ असार २०७६, शनिबार ०५:१०

नियमित हिँड्नु स्वस्थ जीवनशैलीको महत्वपूर्ण पाटो हो । बिहानको हिँडाइले त स्वास्थ्यलाई कैयौँ फाइदा पुर्‍याइरहेको हुन्छ । बिहान हिँड्दा दिनभर शरीर फुर्तिलो हुने मात्र नभई मोटोपन, मुटुरोगजस्ता कैयौँ समस्याबाट पनि बच्न सकिन्छ । विश्वमा भएका विभिन्न अनुसन्धानले देखाएको छ कि नियमित हिँड्ने बानीले मानिसको आयुसमेत बढ्छ ।

यस्तो क्रियाकलापले शरीरको तौललाई पनि सन्तुलित गर्ने काम गर्छ । शहरी क्षेत्रका धेरै मानिस हिँड्न मन गर्दैनन् । यस्तो बानीले शरीरलाई वेफाइदा मात्र पुर्‍याउने नभई कालान्तरमा विभिन्न खालका रोगको सिकार पनि बन्नुपर्ने हुन्छ । यदि दिनको समयमा व्यस्त रहे तापनि बिहानको समयमा हिँड्दा राम्रो हुन्छ ।

यस्ता छन्, बिहानमा हिँड्नुका फाइदा

१. दैनिक रूपमा हिँड्ने बानीले तनाव पनि मुक्त गर्ने काम गर्छ । नियमित हिँड्ने बानीले सकारात्मक सोचको पनि विकास गर्दै लैजान्छ ।

२. दैनिक रूपमा हिँड्दा शरीरका हड्डी, खुट्टा, पेट तथा पाखुराका मांसपेशी मजबुत बन्दै जान्छन् । त्यस्तै, ढाड, जिउ दुख्नेजस्ता समस्या पनि बिस्तारै कम हुँदै जान्छ ।

३. विश्वमा भएका विभिन्न अनुसन्धानले देखाएको छ कि नियमित हिँड्ने बानीले मानिसको आयुसमेत बढ्छ । यस्तो क्रियाकलापले शरीरको तौललाई पनि सन्तुलित गर्ने काम गर्छ ।

४. कतिपयमा रातमा निद्रा नलाग्ने समस्या हुन्छ । यस्तो समस्याबाट छुटकारा पाउनका लागि उनीहरू विभिन्न अस्पताल पनि धाइरहेका हुन्छन् । तर, बिहानको समयमा दैनिक १ घण्टा हिँड्ने बानीले अनिद्राको समस्यालाई पनि दूर गर्दै लैजान्छ ।

५. यति मात्र होइन, बिहान हिँड्नुका अरू पनि थुप्रै फाइदा छन् । बिहानको हिँडाइले श्वासप्रश्वास प्रणालीमा सुधार ल्याउने काम गर्छ । हिँड्दा श्वासप्रश्वासको गति बढ्छ र शरीरका नसाहरूमा राम्रोसँग अक्सिजन पुग्ने गर्छ । यसो हुँदा शरीरमा रहेका विकार तत्व सजिलै हट्नुका साथै शक्तिसमेत वृद्धि हुँदै जान्छ ।

६. मानिसलाई विश्वास नलाग्न सक्छ, तर मर्निङ वाकले स्मरण शक्तिको पनि विकास गर्छ ।

मर्निङ वाकमा जाँदा निम्न कुरामा ध्यान दिनुपर्छ

१. सबेरै उठ्ने

बिहानको साढे ४ देखि ८ बजेभित्र मर्निङ वाक गरिसक्दा राम्रो मानिन्छ। सुरुसुरुमा बिहान सबेरै उठ्नका लागि अलार्म वा मोबाइलको प्रयोग गर्न सकिन्छ। कम्तिमा आधा घन्टा हिँड्नुपर्छ। सुरुका दिनमा लागातार ३० मिनेट हिँड्न सकिएन भने एकैछिन बिसाएर फेरि हिँड्न सुरु गर्दा पनि हुन्छ। सुरुमा बिहान सबेरै उठ्न गाह्रो भए पनि बिस्तारै बानी परेपछि सहज हुँदै जान्छ।

२. हिँड्ने तरिका

मर्निङ वाक भन्दैमा बिहान उठेर सिधै दौडने वा सरासर हिँड्ने होइन। सुरुमा बिस्तारै पाइला अगाडि बढाउने हात पनि बिस्तारै अगाडि पछाडि लैजाने। त्यसपछि छिटो-छिटो हिँड्ने र हात पनि छिटोछिटो चलाउने। हिँड्दा निउरेर, कुप्रो परेर होइन छाति फुलाएर ढाड सिधा पारेर हिँड्नु पर्छ । देब्रे खुट्टा अगाडि हुँदा दाहिने हात पछाडि, दाहिने खुट्टा अगाडि हुँदा देब्रे हात पछाडि हुनुपर्छ। हिँडाइको गति छिटोछिटो हुन थालेपछि बिस्तारै दौडिन सुरु गर्दा हुन्छ। कहिल्यै पनि सुरुमै छिटो हिँड्ने वा डौडिने गर्नु हुँदैन।

३. कपडाको छनौट

मर्निङ वाक जाँदा मौसम अनुसार सजिलो, हलुका तर लामा बाउला भएको कपडा लगाउनु उपयुक्त हुन्छ। प्रायः मर्निङ वाक खोलाको किनार, एकान्त ठाउँ, घाँसे मैदान जस्ता ठाउँमा गरिन्छ। जहाँ किरा, फट्यांग्रा, जुका, लामखुट्टे, सर्प आदिले टोक्ने वा चिल्ने खतरा हुन सक्छ। त्यसैले, लामो बाउला भएको कपडा लगाउनुपर्छ। ‘ग्रिप’ भएको नचिप्लिने जुत्ता अनिवार्य मानिन्छ। छोटा लुगा लगाएर हिँड्नु सुरक्षाको दृष्टिले राम्रो होइन।

४. गीतसंगीत

मर्निङ वाकमा गीत-संगीतले पनि महत्वपूर्ण भूमिका खेल्छ। सकेसम्म आध्यात्मिक गीत र ‘इन्स्ट्रुमेन्टल’ धुन सुन्नु राम्रो हो। यस्तो संगीतले मर्निङ वाक गर्दा ध्यान एकाग्र हुनुका साथै हिँड्नमा ऊर्जा थपिन्छ।

५. इयरफोन कानमा नराख्ने

मर्निङ वाक गर्दा हेड सेट वा इयर फोन कानमा हाल्नु हुँदैन। सधैँ इयर फोन राखेर हिँड्दा कानमा असार पुग्न सक्छ। मोबाइलको स्पिकर लाउड मोडमा राखेर गीत-संगीत सुन्नु राम्रो हो। बरु प्राकृतिक संगीत जस्तै, चराको चिरबिर, खोलाको कलकल आवाज सुन्दै हिँड्नु उपयुक्त हुन्छ।

६. गफ गरेर नहिँड्ने

मर्निङ वाक गर्दा साथीसँग जिस्केर, गफ्फिएर हिँड्नु राम्रो होइन। साथी सँगै भए पनि गफ नगरी आफ्नै धुनमा हिँड्नु राम्रो हो। गफको तालमा गरिने मर्निङ वाकको उद्देश्य पूरा हुँदैन। वास्तवमा मर्निङ वाक भनेको गफ गर्ने समय नै होइन।

७. एकान्तमा नहिँड्ने

मर्निङ वाकमा जाँदा मान्छेहरु नहुने एकान्त ठाउँमा हिँड्नु हुँदैन। रक्तचाप बढ्ने, मुटु दुखेर थला पर्ने जस्ता आकस्मिक दुर्घटना भयो भने तुरुन्त उद्धार हुन सक्ने ठाउँमा हिँड्नुपर्छ। मुटुरोग, मधुमेह, रक्तचाप जस्ता रोगका बिरामीले त एक्लै एकान्त ठाउँमा हिँड्नै हुँदैन।

८. समाचार नसुन्ने

मर्निङ वाक गर्दा धेरैले रेडियोमा समाचार सुन्दै हिँडेको पाइन्छ। तर, मर्निङ वाकमा यसलाई राम्रो मानिँदैन। समाचारमा लडाइँ, आतंक, तनाव जस्ता नकारात्मक कुरा प्रमुख विषय बनेका हुन्छन्। मर्निङ वाकमा नकारात्मक कुराहरु कानमा पर्दा तपाईंको दिन कसरी सकारात्मक होला? त्यस्ता समाचारले मनको एकाग्रता भंग गरिदिन्छन् ।

बरु मर्निङ वाकबाट फर्केपछि पत्रपत्रिका पढ्ने वा समाचारका लागि रेडियो-टिभी सुन्ने हेर्ने गर्नु उपयुक्त हुन्छ। किनकि बिहानको हिँडाइमा अनेक कुरा सुनेर मन विचलित बनाउनु हुँदैन।

९. धूमपान-मद्यपान नगर्ने

मर्निङ वाकमा कहिले पनि धूमपान गर्नु हुँदैन। यसै पनि धूमपानले आफूलाई मात्रै होइन अरुलाई समेत हानी पुग्छ। मद्यपानले शरीर र मनलाई एकाग्र बन्न दिँदैन। वरिपरि हिँड्नेले पनि धूमपान गरेको देख्दा वा मद्यपान गरेको थाहा पाउँदा नराम्रो दृष्टिले हेर्छन्।

१०. कुकुरलाई साथै लिई नहिँडौं

मर्निङ वाकमा जाँदा कुकुर पनि सँगै लिएर हिँड्नेहरु धेरै भेटिन्छन्। एक त कुकुरसँगै हिँड्नुपरेपछि मर्निङ वाकको आनन्द लिने कि कुकुरको गोठालो लाग्ने? त्यसमाथि कुकुरलाई मान्छे हिँड्ने बाटोमा दिसा गराइरहेकाहरु पनि धेरै हुन्छ। कुकुरलाई दिसा-पिसाब गराई बाटो फोहोर पार्न मर्निङ वाक जाने हो कि आफ्नो स्वास्थ्यका लागि हिँड्न जाने हो? त्यो विचार पुर्‍याउनुपर्छ।

११. खानपानमा ध्यान

मर्निङ वाक सुरु गरेपछि खानपानमा पनि ध्यान दिनु जरुरी हुन्छ। सागपात र पोषिलो खानेकुरामा बढी जोड दिनुपर्छ। फ्रेस जुस पिउँदा हुन्छ। राति अबेरसम्म नबसी ठीक समयमा सुत्नुपर्छ। खानामा सबै प्रकारको खनिज तत्व पाइने खालका खानेकुरा छान्नुपर्छ। हिँडेर फर्केपछि दुई गिलास पानी पिउनु राम्रो हुन्छ।

१२. नुहाउने तरिका

मर्निङ वाक गरिसकेपछि नुहाउनु अनिवार्य मानिन्छ। पसिनाको गन्धलाई हाटाउन र शरीरमा स्फूर्ति ल्याउन पनि नुहाउनु जरुरी छ। मर्निङ वाकबाट फर्किनासाथ सीधै ‘सावर’ लिनु हुँदैन। केहीबेर बसेर पसिना ओभाइसकेपछि मात्र नुहाउनुपर्छ। तपतप पसिना चुहिएको अवस्थामा नुहाउँदा शरीरमा हानि पुग्न सक्छ।

बिहान उठ्ने बित्तिकै यस्ता गल्ती कहिल्यै नगर्नुहोस्

१. हत्तपत्त उठेर काममा लाग्ने गल्ति

दिनको आरम्भ बिस्तारै-बिस्तारै शान्तपूर्वक गर्नुपर्छ । आँखा खुलेपछि थोरै समय ओछ्यानमै आरम गर्नुपर्छ । केहिछिन पछि दाँयातर्फ फर्केर उठ्नुपर्छ । यसरी उठ्दा सुप्त अवस्थामा शिथिल रहेको उर्जा शरीरमा राम्ररी संचार हुनपुग्छ । यसले शरीरमा उर्जाको संचारलाई सन्तुलित गर्छ । आरमसाथ उठेर लामो एवं गहिरो सास लिने, मनतातो पानी पिउने ।

२. स्ट्रेचिङ नगर्ने गल्ति

सुतेको समयमा हाम्रो शरीरको मांशपेसी, खासगरी मेरुदण्डको हड्डी कठोर भएको हुन्छ, जसलाई सामन्य अवस्थामा फर्काउनका लागि शरीरलाई स्ट्रेच गर्नुपर्छ । तीनचार पटक शरीर स्ट्रेच गर्ने र बाँया फैलिएर सकारात्मक उर्जालाई स्वंम महसुष गर्ने । यसले दिनभर शरीर चुस्त र फूर्तिलो बन्छ ।

३. ब्रेकफास्ट नगर्ने गल्ति

बिहान उठेर ब्रेकफास्ट नगर्नु भनेको मधुमेह, मोटापनलाई निमन्त्रणा गर्नु हो । यस किसिमको बानीले रोगप्रतिरोधात्मक क्षमतामा पनि ह्रास आउँछ । विहान उठेर ब्रेकफास्ट नलिदा हाम्रो शरीरमा अतिरिक्त तनाव पर्छ । रातीको खाना र बिहानको खानाबीच लामो ग्याप हुन्छ, जसले ब्लड सुगर लेभल कम हुन्छ । यदि सुतेर उठेको एक घण्टामा हामीले केहि खाएनौ भने, ब्लड सुगर लेभल अझ घट्छ । ब्रेकफास्ट हेल्दी र ताजा हुनुपर्छ । चिया, बिस्कुट जस्ता खानेकुराभन्दा भिजाएको बदाम, रोटी, फल सेवन गर्नुपर्छ ।

४. आँखा खोल्नसाथ मोबाइल चेक गर्ने गल्ति

बिहान निन्द्रा खुल्नसाथ धेरै मानिसले मोबाइल खोज्छन् । आँखा माड्दै फोनमा इमेल, म्यासेज चेक गर्न थाल्छ । यसले तपाईलाई उठ्नुअघि नै तनाव पैदा गरिदिन्छ । त्यसैले उठ्नसाथ मोबाइल चेक गर्नु हुँदैन ।

५. मुस्कुराउनमा कन्जुस्याँई

तपाईको मुश्कानले तपाईको स्वास्थ्यलाई निकै फाइदा गरिरहेको हुन्छ । त्यसैले बिहान उठेर मुस्कुराउने अभ्यास गर्नुपर्छ । यसले इम्युन सिस्टमलाई मजबुद बनाउँछ । मुटुको चाललाई सन्तुलित राख्छ र उच्च रक्तचाप नियन्त्रण गर्छ ।

६. एक्सरसाइज नगर्ने गल्ति

धेरैजसो मानिस बिहान उठ्नसाथ काममा लाग्छन् । त्यसअघि हल्का व्यायम गर्नैपर्छ । शारीरिक काम गर्नु र व्यायम गर्नुमा फरक छ । काम गर्दा शरीरको एक भागलाई मात्र असर परिरहेको हुन्छ । मानसिक तनाव हुन्छ । तर, प्रफुल्ला मुद्रामा गरिने व्यवस्थित व्यायमले शरीरको समग्र भागलाई लाभान्वित तुल्याउँछ ।

७. उठ्नसाथ मलमुत्र त्याग नगर्ने गल्ति

कतिपय उठेर शौचालय जान अल्छी मान्छन् वा जाने अभ्यास गर्दैनन् । तर, बिहान उठेर मनतातो पानी पिइसकेपछि मलमुत्र त्याग गर्नुपर्छ । किनभने यसो नगर्दा शरीरमा बिकार फैलन्छ । त्यसैले बिहान उठेपछि आरामपूर्वक मलमुत्र त्याग गर्नैपर्छ ।

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै

बिहान नास्ता गर्नु के वास्तव मै फाइदाजक हुन्छ त ? पढेपछि सेयर गर्नुहाेला

अहिले हामी स्वस्थ्य जीवनशैलीको खोजीमा छौं । यसमा खानपानको अहंम हिस्सा छ । भनिन्छ, खाना स्वस्थ्यवर्द्धक एवं पोषिलो हुनुपर्छ । तर, त्यती मात्र काफी छैन । खाने तालिका र तरिकाले पनि यसको लागि खास भूमिका खेल्छ ।

खाना खाने निश्चित तालिका छ । त्यसैगरी खाना खाने खास तरिका पनि छ । यदि तालिका र तरिका मिलाएर खाइयो भने उक्त खाना शरीरमा राम्ररी पच्छ । शरीरले त्यसबाट पोषक तत्व ग्रहण गर्छ । कुरा गरौं, खाना खाने तालिकाको । खाना खाने तालिकाको कुरा गर्दा यहाँ एक जापानी भनाई सान्दर्भिक हुनसक्छ ।

भनाई यस्तो छ, ‘बिहानको खाना आफु खानु, दिउसोको खाना साथीसँग बाढेर खानु र रातीको खाना सत्रुलाई दिनु ।’ यो भनाईले हाम्रो स्वास्थ्य खानपान तालिकाबारे बताउँछ । हाम्रा पूर्खाहरुले पनि खानपान सम्बन्धी यस्तै तालिका निर्धारण गरेका थिए । उनीहरु भन्थे, विहानको नास्ता भरपेट खानु । दिउसोको खाना आधा पेट खानु । रातीको खाना एकदमै कम खानु । अझ सूर्योअस्तपछि त खाना नै नखानु ।

यावत् भनाई र बुझाईले भन्छ, विहानको नास्ता शरीरका लागि सर्वोत्तम हुन्छ । बिहान नास्ता अर्थात ब्रेकफास्ट, जसलाई हामी स्वस्थ्य दिनचर्याको सुरुवात मान्छौं । भरपेट ब्रेकफास्टको आवश्यक्ता र महत्वबारे हामीले धेरै पटक सुन्यौं । यदि स्वस्थ्य, तन्दुरुस्त रहने हो भने ब्रेकफास्ट गर्नैपर्छ भन्यौ । तर, के हामीले सुनेजस्तै ब्रेकफास्ट स्वास्थ्य दिनचर्याको लागि अनिवार्य खुराक हो त ? ब्रेकफास्ट गर्दा शरीरमा त्यसको कस्तो असर रहन्छ ?

बीबीसी हिन्दी अनलाइनमा प्रकासित लेखको भावनुवाद यहाँ प्रस्तुत गरिएको छ । नास्ता गर्नु एकदमै जरुरी हुन्छ । तर, यसले तपाईंको तौल नियन्त्रणमा कुनै सहयोगी भूमिका खेल्नेछैन । एक रिसर्चमा यही कुरा पुष्टि भएको छ ।

जब तपाईं नास्ता गर्नुहुन्छ भने हरेक दिन २ सय ६० भन्दा बढी क्यालोरी लिनुहुनेछ । जो व्यक्ति नास्ता गर्दैनन्, त्यसको तुलनामा नास्ता गर्नेको तौल आधा किलो बढ्छ । विशेषज्ञहरुले भनेका छन्, नास्ता क्याल्शियम र फाइबरको राम्रो स्रोत हो । नास्ता गर्दा एकाग्रता र ध्यान केन्दि्रत गर्ने क्षमता बढ्छ । खासगरी बच्चालाई यसबाट बढी फाइदा हुन्छ ।

ब्रेकफास्टले तपाईंलाई उर्जा र जरुरी पोषक तत्व प्राप्त हुन्छ । साथै तपाईंलाई पटक-पटक खानुपर्ने आवश्यक्ता हुँदैन । थुप्रै अध्ययनले देखाएको छ कि, बिहानको नास्ताले हामीलाई स्वस्थ्य एवं निरोगी बनाउन भूमिका खेलिरहेको हुन्छ ।

तर, पछिल्लो अध्ययनले के देखाएको छ भने यदि तौल नियन्त्रण गर्ने उपायको खोजीमा लागिरहनुभएको छ भने बिहानको नास्ता तपाईंको लागि बाधक बन्न सक्छ । अर्थात बिहानको नास्ताले तौल नियन्त्रणमा सहयोग गर्दैन । त्यसैले तौल नियन्त्रण गर्ने हो भने बिहानको नास्ता छाड्नु उपयुक्त हुन्छ ।

अष्ट्रेलियाको यस नयाँ अध्ययनमा नास्ता र तौल परिवर्तनबारे १३ पटक अलग अलग परीक्षण गरिएको थियो । मोनाश विश्वविद्यालयको यस अध्ययनको नतिजाले के देखाउँछ भने नास्ता छाड्नु फाइदाजनक हुन्छ ।

यदि नास्ता नछाड्ने हो भने दिनभरमा लिने कुल क्यालोरीको मात्रा घटाउनुपर्छ । अध्ययनले देखाएको छ, ब्रेकफास्ट छाड्ने व्यक्ति कम क्यालोरी लिन्छन् । यसमा अर्को दावी के गरिएको छ भने, जो व्यक्ति नास्ता गर्दैनन् उनीहरुलाई मध्यन्ह पनि कम भोक लाग्छ । तर, वयस्कले तौल नियन्त्रणका लागि नास्ता छाड्ने हो भने सावधानी अपनाउनुपर्ने हुन्छ । किनभने यसको उल्टो असर पर्न सक्छ ।

क्याल्सियम र फाइबर

डाइटिशियन र किग्स कलेज लन्डनका न्युटि्रशन साइन्स डिपार्टमेन्टका प्रमुख प्रोफेसर केविन वेलन भन्छन् कि हामीले बिहान धेरै क्यालोरी लिनु हुँदैन । उनी बिहानको नास्तामा अन्न र दुध लिनुपर्ने बताउँछ । यसबाट शरीरलाई आवश्यक पोषक तत्व अर्थात क्याल्सियम र फाइबर मिल्ने उनको भनाई छ ।

स्वास्थ्यवर्द्धक नास्ता के हो ?

नास्ताको कुरा त गर्छौं, तर कस्तो नास्ता ? बिहान के कस्ता खानेकुरा सामेल गरियो भने राम्रो हुन्छ ?

इनर्जीका लागि तपाईं गहुँको परिकार खान सक्नुहुनेछ । साथै उसिनेको सिमी पनि उपयोगी हुन्छ । प्रोटिनका लागि टोस्टमा पालक, अन्डा, फल साथै ड्राइ फ्रुट्स खान सकिन्छ । हल्काफुल्का खानाको रूपमा फल, केरा, पालक जस्ता खानेकुरा उपयोगी हुन्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर १०, २०८१