गोरो हुन मन छ ? यस्ता छन् गोरो हुने घरेलु उपाय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ असार २०७६, शनिबार ०५:०८


कागतीको रस, दही र गोलभेँडा :

कागतीको रस, दही र गोलभेँडामा रंग बदल्ने गुण हुन्छ । कागतीले अनुहारको दाग हटाउन मद्दत गर्छ । गोलभेँडाले त्वचाको तैलीयपनको कम गर्छ र दहीले त्वचामा पोषण दिनुका साथै नरम बनाउँछ ।

त्यसैले गोलभेँडाको गुदी एक चम्चा, कागतीको रस एक चम्चा र एक चम्चा दही लिनुहोस् र अनुहारमा लगाउनुहोस् । आधाघण्टा पछि पानीले धुने गरेमा यसले अनुहारमा चमक पैदा हुनुका साथै गोरोपन ल्याउन मद्दत गर्छ ।

चंदनको पाउडर र नरिवलको पानी :

चंदनको पाउडरले त्वचालाई सफा बनाउँछ र त्वचाको दाग मेटाउन मद्दत गर्छ । यसले मृत कोशिकाहरु हटाउँछ ।

त्यसैले एक चम्चा चंदन पाउडर नरिवलको पानीमा मिलाएर त्वचामा लगाउनुहोस् र २० मिनेट पछि सफा पानीले धुने गर्नाले फाइदा हुन्छ ।

काँक्रो, गुलाबजल र कागतीको रस :

त्वचाको कालोपन हटाउन काँक्रो, गुलाबजल र कागतीको रस मिलाएर अनुहारमा लगाउने र १० मिनेट पछि सफा पानीले धुने गरेमा अनुहारमा चमक पैदा हुनुका साथै कालोपन हट्छ ।

मेवा र मह :

मेवामा हुने इम्जाइम्सका कारण यसले त्वचाको कालोपन हटाउन मद्दत गर्छ । साथै यसले अनुहारको दाग हटाउन पनि मद्दत गर्छ ।

महले त्वचालाई नरम र मुलायम बनाउँछ । त्यसैले यसलाई मिलाएर त्वचामा लगाउनाले त्वचामा गोरोपन आउनुका साथै त्वचाको कालोपन हट्दै जान्छ र केही दिनमा तपाइँले अनुहारमा सुन्दरता पाउनुहुनेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१