‘होमस्टे’ के हो ? होमस्टे सञ्चालन गर्दा ध्यान दिनुपर्ने ९ कुराहरु:

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ असार २०७६, शनिबार ०५:०६

काठमाडौं । आफ्नै घरमा केहि कोठा छुट्टयाई पाहुनालाई बस्ने व्यवस्था मिलाउने र आफूले खाने गरेको स्थानीय खानेकुरा सफा किसिमले ख्वाउनु लाई होमस्टे भनिन्छ । आफू बस्ने घरमा बढीमा चारवटा कोठमा पाहुनालाई सुत्नका लागि छुट्टयाई होटलमा दिए जस्तो सेवा तथा सुविधाहरु होमस्टेमा दिइनु पर्दछ ।

होमस्टे रहेका होटल ठाउँ अत्यन्त सफा र स्वच्छ हुनुपर्छ र पर्यटक हरुको लागि सुरक्षाको दृष्टिकोणबाट सुविधाजनक पनि हुन हनिवार्य हुन्छ । हरेक सुत्ने कोठामा सफा र आकर्षक तथा सुविधाजनक ओढ्ने, ओछ्यान, ऐना, २ वटा मेच, १ टेवल, लुगा राख्ने दराज र पाहुनाका लागि पिउने पानी राम्रो व्यवीथा हुनुपर्छ । शहर बजार क्षेत्रमा फोन र टिभिको सुविधा हुनुपर्दछ ।

यसको अलावा होमस्टेमा उल्लेखित पूर्वाधार हुनु आवश्यक छ ।

१. सुत्ने कोठा कम्तीमा एक वटा र वढीमा चार वटा हुनुपर्ने र सबै सुत्न पर्याप्त र आरम गर्ने न्यस्नतम पुग्ने हुुनुपर्दछ ।

२. सबै कोठाहरुमा फर्निचर, बिजुली वा अन्य प्रकाशको प्रबन्ध हुनुपर्ने ।

३. सबै कोठाहरु नेपाली कला र संस्कृति झलकाउने किसिमले सजाइएको हुनुपर्ने ।

४. स्नानगार तथा शौचालयको व्यवस्थाको साथै राम्रो र आधारभूत साधनहरु जोडिएको र पर्याप्त मात्रामा सकेसम्म तातो र चिसो पानीको प्रबन्ध हुनुपर्ने ।

५.भोजन गर्ने कोठा (डाईनिङ हल ) र भान्छा कोठा आवश्यक सामानसहित सफासुग्घर हुनुपर्ने ।

६. लुगा धुने राम्रो प्रबन्ध हुनुपर्ने ।

७. कामदार तथा कर्मचारीहरु राखिएको भए तिनीहरुको पोशाक सफासुग्घर र एकनासको हुनुपर्ने ।

८. सकेसम्म ऋतु अनुसार पंखा वा हिटरको प्रबन्ध हुनुपर्ने ।

९. प्राथमिक उपचार हुनुपर्ने ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१