भलिबल संघका उपाध्यक्ष सुवेदीले लिए गोपनियताको सपथ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ असार २०७६, शनिबार ०४:३७

काठमाडौं । नेपाल भलिबल संघका मनोनीत उपाध्यक्ष कुमारराज सुवेदीले पद तथा गोपनियताको सपथ लिएका छन् । राजधानीमा भएको कार्यक्रममा भलिवल संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले पद तथा गोपणियताको सपथ गराएका थिए ।
कार्यक्रममा भलिबल संघका महासचिव जीतेन्द्रबहादुर चन्दले नेपाली भलिबल राष्ट्रिय खेल भएसँगै यसका गतिविधिहरुले झनै निरन्तरता पाएको बताउँदै देशको प्रतिष्ठासँग जोडिएको एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियसिपका लागि सबैको साथ आवश्यक रहेको बताए ।

यसैगरी नवनियुक्त उपाध्यक्ष कुमारराज सुवेदीले अहिले सम्मको आफ्नो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सबै खाले अनुभवको भरपूर सदुपयोग गर्दै भलिबल खेलको विकासमा समर्पित रहने प्रतिबद्धता जनाए ।

उनी भलिबलमा आउनु अघि लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ ए वानको गभर्नर भएर काम गरेका व्यक्ति पनि हुन् । आफ्नो योग्यता र क्षमता अनुसार नेपाली भलिबको विकासका लागि सहयोग गर्ने बताए ।

अध्यक्ष मनोरञ्जन रमण शर्माले नेपाली भलिबको विकासका लागि सुवेदीको आगमन जगमा एउटा ‘इट्टा’ थपिएको संज्ञा गरे । उनले एभीसी सेन्ट्रल जोनका लागि सबैले युद्धस्तरमा काम गरिएको पनि जानकारी दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१