काठमाडौं उपत्यकामा भएको श्रृंखलावद्ध सिरिन्ज आक्रमणमा संलग्नको आशंकामा नेपाल प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा ३० वर्षीय सन्तोष कार्की छन् । उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखा र काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले चाबहिल क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।काठमाडौं । महिलामाथि श्रृखलावद्ध शंकास्पद ‘सिरिञ्ज’ आक्रमण भएपछि आतंक मच्चियो ।
रोग सार्ने नियतले आक्रमण गरेको हुनसक्ने आशंकामा पीडित महिलाहरुलाई एचआईभीविरुद्धको एआरटी औषधी चलाइएको छ भने हेपाटइटिसविरुद्ध भ्याक्सिन पनि दिइएको छ ।
तर, आक्रमणमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ परेका व्यक्ति सन्तोष कार्कीले आफूले ‘सिरिञ्ज’ प्रहार नगरेको बयान दिएका छन् । साथै, उनले ढल्कु र पकनाजोल क्षेत्रको घटनामा आफ्नो संलग्नता पनि स्वीकार गरेका छन् ।
‘मैले सिरिन्ज हानेको होइन, ढलानको काँटीले घोचेको हुँ’, पक्राउ परेपछि प्रहरी अधिकारीसँग बयान दिँदै उनले भनेका छन् । उनले आफूले मजाकका लागि घोचेको बताएका छन् ।
काठमाडौं प्रहरीका डीएसपी होविन्द्र बोगटीका अनुसार कार्कीको महाराजगञ्जमा रेष्टुरेन्ट व्यवसाय छ ।
काठमाडौं प्रहरी परिसर, टेकुका एक अधिकृत भन्छन्, ‘उनले रोग सार्ने नियतले आक्रमण नगरेको पनि बताएका छन् ।’
प्रतिक्रिया