एसईईको परीक्षाफल सार्वजनिक, कुन ग्रेडमा कति परीक्षार्थी उत्तीर्ण ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ असार २०७६, शुक्रबार ०५:११

भक्तपुर । २०७५ सालमा लिएको एसईई परीक्षाको परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार पत्रकार सम्मेलन गरेर परीक्षाफल सार्वजनिक गरेकाे छ । २०७५ चैतमा सञ्चालन गरिएको एसइई परीक्षामा देशभरबाट कूल ४ लाख ५० हजार २७५ परीक्षार्थी सहभागि भएका थिए ।

नतिजाअनुसार एप्लस ल्याएर ९५९६ जना छात्र उत्तीर्ण भएका छन् भने छात्रा ७२८६ जना रहेका छन् । यसैगरी ए ग्रेड ल्याउनेमा छात्र २७२७९ र छात्रा २१६८१ जना रहेका छन् । बी प्लस ल्याउनेमा छात्र ३४१६६ र छात्रा २६५४०, बी ल्याउनेमा छात्र ३९०९५ र छात्रा ३५०१५ जना रहेका छन् ।

यसैगरी सी प्लस ल्याउनेमा छात्र ४५७८९ र छात्रा ५१५१०, सी ग्रेड ल्याउन छात्र ४२८८३ जना छात्रा ५२३२६ जना रहेका छन् । यसैगरी डी प्लस ल्याउनेमा छात्रमा १९१३३ र छात्रा २४७०७ जना रहेका छन् । यसैगरी डी छात्र १८६६ र छात्रा २५६३, ई ग्रेड ल्याउनेमा छात्र ४२२५ छात्रा ३९८२ रहेका छन् ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार नतिजा थाहा पाउनका निम्ति नेपाल टेलिकमको मोबाइलबाट एसईई पछि संकेत नम्बर (सिम्बोल नम्बर) टाइप गरी १६०० मा सन्देश पठाएर वा १६०० मा कल गरेर रिजल्ट हेर्न सकिन्छ । नेपाल टेलिकमका मोबाइल नम्बरहरु, तारवाला टेलिफोन र सिडिएमए फोनबाट पनि १६०० मा डायल गर्न सकिने छ ।

नेपाल टेलिकमको वेबसाइट see.ntc.net.np मा लगइन गरेर मार्कसिट समेतकाे नतिजा थाहा पाउन सकिन्छ । त्यस्तै गरी www.see.gov.np, www.doe.gov.np, www.moest.gov.np, www.see.ntc.net.np मा गएर पनि नतिजा हेर्न सकिने परिक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ११, २०८१