अध्यक्ष ढकाल द्वारा मित्र राष्ट्र भुटानी महामहिम प्रधानमन्त्री लोट्टे छिरिङ्ग संग शिष्टाचार भेट

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ असार २०७६, शुक्रबार ०४:५०

थिम्पु । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकालले मित्र राष्ट्र भुटान अधिराज्यका महामहिम प्रधानमन्त्री लोट्टे छिरिङ्ग संग शिष्टाचार भेट गर्नु भएको छ। भुटानको प्रधानमन्त्री कार्यालयमा भयको भेटमा पारस्परिक हित र मित्रताको बारेमा कुरा भयको परिवार दलका महामन्त्री बिनोद डाँगीले बताय । अध्यक्ष ढकालले गत निर्बाचनमा सफलता प्राप्त भयकोमा भुटानी प्रधानमन्त्री र उहाँको पार्टीलाई बधाई दिनु भयो । प्रधानमन्त्री लोट्टे छिरिङ्गले नेपालमा सन् २०१५ मा गयको महाबिनासकारी भुकम्प पश्चात आफुँले मेडिकल टोलीमा रही सहयोग गरेको स्मरण गर्दै दुइ मित्र राष्ट्र बिचको सम्बन्ध थप घनिष्ट बनाउदै लैजाने धारणा राख्नु भयो । अध्यक्ष ढकालले केहि समय अघि नेपालमा सम्पन्न एशिया प्याशिफिक समिटको रिपोर्ट प्रधानमन्त्री लोट्टे छिरिङ्ग लाइ हस्तान्तरण गर्नु भयो । भुटानी प्रधानमन्त्रीले सफल समिट सम्पन्न भयकोमा नेपाललाई बधाई दिनु भयो । पूर्व मन्त्रि ढकालले भुटानी प्रधानमन्त्री लाइ उपहार स्वरुप नेपालि हस्त निर्मित करुवा प्रदान गर्नु भयो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१