आगामी आर्थिक वर्षको मौद्रिक नीति असार २७ गते

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ असार २०७६, शुक्रबार ०४:४४

काठमाडौं । नेपाल राष्ट्र बैंकले असार २७ गते आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ ।
राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बिहिबार वाणिज्य बैंकका सीईओ र अध्यक्षहरुसँगको बैठकमा मौद्रिक नीति सार्वजनिक गर्ने मितिबारे जानकारी दिएका हुन्।

बैंकको समस्या र त्यसलाई समाधान गर्न मौद्रिक नीतिमा के कस्ता व्यवस्था राख्नुपर्ने भन्ने विषयमा बैंकहरुसँग राष्ट्र बैंकले छलफल गरेको थियो ।
छलफलमा नेपाल राष्ट्र बैंकका गर्भनर चिरञ्जीवी नेपालले बिग मर्जरको विषयमा प्रतिबद्ध रहन बैंकहरुलाई निर्देशन दिएका थिए । ‘२७ गते मौद्रिक नीति सार्वजनिक गरिँदै छ । त्योभन्दा अघि नै मर्जरका लागि आफूले मर्ज गर्न लागेको बैंकसँगको प्रतिबद्धता पेस गर्नुहोस,’ उनले भने,‘त्यो काम २६ गतेभित्र हुनुपर्छ ।’

कार्यक्रममा डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले एक साताभित्रै संस्था छानेर आउँदा के कस्तो सुविधा दिन सकिने हो त्यस बारेमा राष्ट्र बैंकलाई निर्णय गर्न सजिलो हुने बताए । बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले दुई संस्था मर्ज हुँदा एउटा बैंकको जगेडा कोषलाई भने गणना नगर्ने व्यवस्था मिलाउन आग्रह गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१