पर्यटनमन्त्री अधिकारी चढेको हेलिकोप्टर दुर्घटनाको कारण ‘हिमाली आँधी’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ असार २०७६, बिहीबार ०४:५६

काठमाडौं । पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना चढेको हेलिकोप्टर दुर्घटनाको मूख्य कारण ‘हिमाली आँधि’ ठहर गरिएको छ ।
१५ फागुन २०७५ मा ताप्लेजुङको पाथिभराबाट काठमाडौंका लागि उड्ने क्रममा एयर डाइनेस्टीको ‘९एन–एएमआई–एसएस३५० बी ३ इ’ हेलिकोप्टर दुर्घटनामा परेको थियो ।

दुर्घटनापछि सरकारद्वारा गठित छानविन आयोगले बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढा समक्ष प्रारम्भिक प्रतिवेदन पेश गरेको छ ।

मन्त्रालयका अनुसार प्रतिवेदनमा दुर्घटनाको मूख्य कारण खराब मौसम मानिएको हो । त्यसदिन पाथिभरा क्षेत्रको मौसम अनकुल नभएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार मन्त्री सवार हेलिकोप्टर पाथिभरामा ओर्लिएपछि मौसम झनै बिग्रिएको थियो । त्यही बीचमा केही समय मौसम खुलेपछि यही मौकामा उडिहालौं, फेरी मौसम बिग्रन सक्छ भन्ने भएपछि पाइलटले हेलिकोप्टर उडाएको प्रतिवेदनमा उल्लेख रहेको मन्त्रालयले जनाएको छ ।

हेलिकोप्टर उडेको १ मिनेटभित्रै पुनः हिउँसहितको हिमाली आँधि आएपछि हेलिकोप्टर दुर्घटनामा परेको प्रारम्भिक प्रतिवेदनमा उल्लेख रहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१