यातना पिडित सहयोगार्थ अन्तराष्ट्रिय दिवसको अवसरमा पिडितहरुको रिपोर्ट सार्बजनिक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ असार २०७६, बुधबार ०५:२२

काठमाडौं । यातना पिडित सहयोगार्थ अन्तर्राष्ट्रय दिवसको अवसरमा एड्भोकेसी फोरमले
यातना पिडितहरुको रिपोर्ट सार्बजनिक गरेको छ । काठमाडौंमा मानव अधिकारकर्मीहरुले राज्यले विभिन्न बहानामा नागरिकलाई यातना दिने गरेको हुनाले सो यातनाको बिरुद्ध पिडितलाई न्याय दिलाउने उद्देश्यले यातना पिडितहरुको रिपोर्ट सार्बजनिक एड्भोकेसी फोरम तथा अधिबक्ता पुष्पराज पौडेलले जानकारी दिनुभयो ।

राष्ट्रिय मानब अधिकार आयोगका अध्यक्षको प्रमुख आतिथ्यमा बरिष्ठ मानबबधिकारकर्मी चरण प्रसाई सहित १०० जना मानबअधिकार तथा पत्रकारहरुको सहभागिता रहेको थियो । अधिकाम्स बोल्ने बक्ताहरुले राज्यमा सुशासन व्यवस्था कायमको लागि प्रहरी प्रशासनले बन्दुकको दम्भ नत्यागेसम्म नागरिकले स्वतन्त्रतापुर्वक बाच्नलाई चुनौती रहेको बताए ।

मानव अधिकारकर्मीहरु भन्छन् यातना बिरुद्ध पिडित आफै अग्रसर भएमा राज्य स्वयम् गम्भीर भई यातनामा न्यूनीकरण हुने बताउछन् । यस कार्यक्रमको सन्चालन अधिबक्ता पुष्पराज पौडेलले गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ३०, २०८१