पत्रकार महासङ्घद्वारा ‘क्लिन फिड’ को स्वागत

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ असार २०७६, बुधबार ०४:३५

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले सङ्घीय संसद्मा विचाराधीन विज्ञापनसम्बन्धी विधेयकमा ‘क्लिन फिड’ को व्यवस्था गरेकामा नेपाल सरकारलाई धन्यवाद व्यक्त गरेको छ ।

महासङ्घका महासचिव रमेश विष्टले विज्ञप्ति जारी गर्दै सरकारको आमसञ्चार नीति र पत्रकार महासङ्घले विभिन्न चरणमा अघि सारेको मागपत्र तथा पारित दस्तावेजहरुमा ‘क्लिन फिड’ व्यवस्था लागू गर्ने विषय उच्च प्राथमिकतामा राख्दै आएको बताउनुभएको छ । ‘क्लिन फिड’ ले नेपाली सञ्चार माध्यमको दिगो विकासमा महत्वपूर्ण सहयोग पुग्ने पनि महासङ्घले विश्वास व्यक्त गरेको छ ।

विज्ञापन विधेयकमा क्लिन फिड व्यवस्था गरी लागू गर्ने दृढता प्रदर्शन गरेकामा महासङ्घले सरकारलाई धन्यवाद व्यक्त गरेको हो । मिडिया काउन्सिल विधेयक र सूचना प्रविधि विधेयकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित पार्ने हुँदा उक्त विधेयक फिर्ता लिई सरोकारवालाहरुसँग छलफल गरेर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामैत्री विधेयक ल्याउन पनि महासङ्घले सरकारलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१