काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान अयोगले शिक्षा विकास तथा समन्वय इकाइ सल्यानका इकाइ प्रमुख (शाखा अधिकृत) लाई घुससहित नियन्त्रणमा लिइएको जानकारी दिएको छ ।
अख्तियारका अनुसार इकाइ प्रमुख धनबहादुर वलीलाई घुससहित नियन्त्रणमा लिइएको हो । उनले शिक्षक सरुवा प्रक्रियामा सहजीकरणका लागि सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो ।
ओलीले २५ हजार घुस लिइसकेको अवस्थामा रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ । उनलाई आयोगको कार्यालय सुर्खेतबाट खटिई गएको टोलीले उक्त घुससहित नियन्त्रणमा लिइएको जनाइएको छ ।
‘शिक्षा विकास तथा समन्वय इकाइ सल्यानमा कार्यरत इकाइ प्रमुख ९शाखा अधिकृत० धन बहादुर वलीले शिक्षक सरूवा प्रक्रिया सहजीकरणको लागि सेवाग्राहीसँग घुसररिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा,’ अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ, ‘निज इकाइ प्रमुख ९शाखा अधिकृत० धन बहादुर वलीलाई सेवाग्राहीसँग रू। २५,०००।– ९अक्षरुपी पच्चीस हजार० घुसबापतको रकम लिइसकेको अवस्थामा उक्त घुस रकमसहित निजकै कार्यालय परिसरबाट रंगेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।’
प्रतिक्रिया