हुण्डी कारोबारमा संलग्न ८ जना पक्राउ, झण्डै ४२ लाख बरामद

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ असार २०७६, बुधबार ०४:२२

वीरगञ्ज । प्रहरीले हुण्डी कारोबारमा संलग्न ८ जनलाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–६ माईस्थानबाट हुण्डी कारोबारमा संलग्न ८ जनालाई नगद ४१ लाख ९२ हजार ९ सय रुपैयाँ र २ केजी ९० ग्राम चाँदी जस्तो देखिने वस्तुसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुलाई सोमबार दिउँसो पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुमा रौतहट चन्द्रपुर नगरपालिका–७ बस्ने ३३ वर्षीय विनोद सुनार, पर्सा छिपहरमाई नगरपालिका–२ बस्ने ३५ वर्षीय राज कपुर साह, पर्सा वीरगञ्ज महानगरपालिका–१० बस्ने २६ वर्षीय चन्दन कुमार सर्राफ, पर्सा वीरगञ्ज महानगरपालिका–६ बस्ने ३७ वर्षीय राकेश कुमार सिंह, पर्सा विन्दवासिनी गाउँपालिका–२ बस्ने २४ वर्षीय सुजित कुमार साह, बारा परवानीपर गाउँपालिका–१ बुनियाद बस्ने २९ वर्षीय घनश्याम सर्राफ, भारत विहार मोतिहारी पूर्वी चम्पारण बस्ने ३६ वर्षीय सुनिल कुमार प्रसाद र भारत विहार मोतिहार नैनपुर बस्ने ३५ वर्षीय गुलाब साह रहेको प्रहरीले जनाएको छ ।

वीरगञ्जस्थित केपी स्वर्णकलाकेन्द्र सुनचाँदी पसलमा हुण्डी कारोबार हुँदैछ भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरुलाई सो रकमसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

हुण्डी कारोबारी पक्राउ गरेसँगै जिल्ला प्रहरी कार्यालय पर्सा र आन्तरिक राजश्व कार्यालय वीरगञ्जले उक्त पसलमा सिलबन्दी गरेको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१