नेपाल भलिबल संघको केन्द्रीय उपाध्यक्षमा सुवेदी नियुक्त

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० असार २०७६, मंगलवार ०४:५८

काठमाडौँ । नेपाल भलिबल संघको केन्द्रीय उपाध्यक्षमा कुमारराज सुवेदी नियुक्त भएका छन् ।

संघको केन्द्रीय समितिको बैठकले सुवेदीलाई उपाध्यक्ष नियुक्त गरेको संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले जानकारी दिए ।

भलिबल खेलप्रति विशेष लगाव भएका सुवेदी विद्यार्थीकाल देखि नै यस खेलमा संलग्न छन् । नियुक्तिपछि सुवेदीले नेपालको माटो सुहाउँदो भलिबल खेलको विकास विस्तारका लागि दत्तचित्त भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

अहिले सम्मको आफ्नो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सबै खाले अनुभवको भरपुर सदुपयोग गर्दै भलिबल खेलको विकासमा समर्पित रहने सुवेदीले बताएका छन् ।

लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ ए वानको गभर्नरको कार्यकाल सफलतापूर्वक पूरा गरेका सुवेदी मानवअधिकारवादी तथा सामाजिक कार्यकर्ताको रुपमा सुपरिचित छन् ।

व्यवस्थापनमा स्नातक सुवेदी काठमाडौँको गोकर्णेश्वर नगरपालिका–५ का स्थायी बासिन्दा हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१