नम्र बन्दैमा कोही सानो हुँदैन – अब्राहम लिंकन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० असार २०७६, मंगलवार ०४:५२

अब्राहम लिंकन आफ्नो साथीको गाडीबाट साथीसँगै कतै गइरहेका थिए । आफ्नो सुरमा हिडिरहेका अब्राहमलाई बाटोमा भेटिएका एक मजदुरले झुकेर प्रणाम गरे । मजदुरको जवाफमा लिंकनले पनि उसैगरी झुकेर मजदुरलाई प्रणाम गरे ।यो देखेर साथीले लिंकन लाई उनलाई सोधे– तपाइले त्यो सामान्य मजदूरलाई पनि यति साह्रो झुकेर किन प्रणाम गर्नुभएको ? साथीको प्रश्न पछि अब्राहम लिंकनले जवाफ दिए – महोयद म चाहन्न कि नम्रतामा कोही म भन्दा अगाडि जाओस् । यो सुनेर उनको साथीको शिर लाजले निहु रियो ।

त्यस्तै मदर टेरेसा सबैकी प्रिय र आदरणीय व्यक्ति हुन् । उनले आफ्नो जीवनलाई सार्थक बनाउन उपयोगी कुरा गरेकी छन् । जुन अहिले सबैले अनुकरणयोग्य भनाई भन्ने गरेका छन् । हेर्नुहोस् मदर टेरेसाका १० मननीय भनाई जुन तपाईंलाई उपयोगी बन्न सक्छ न्।–शान्तिको सुरुवात मुस्कानबाट हुन्छ ।-यति तपाईंको जीवन अरुका लागि होइन भने त्यो जीवन, जीवन नै होइन।-यदि तपाईंले १०० जनालाई खुवाउन सक्नुहुन्न भने १ जनालाई मात्र भएपनि खुवाउस् ।-हिजो गइसक्यो, भोली आएकै छैन, हामीसँग आज छ।आ उनुहोस् यसैलाई भब्यताका साथ मनाऔं ।

-हामीसँग अहिले शान्ति फिटिक्कै छैन किनकी हामीले हामी एक अर्काका लागि हौं भन्ने कुरा नै बिर्सियौं ।-रोटीको भोक मेटाउन सजिलो हुन्छ तर प्रेमको भोक मेटाउन धेरै कठिन हुन्छ ।-प्रेम सबैले टिप्नसक्ने सदावहार फल हो । मात्र टिप्न जान्नु पर्छ ।-विश्व शान्तिका लागि तिमीले के गर्न सक्छौ ? शुुरुमा घर गएर आफ्नो परिवारलाई माया गर शान्ति त्यहींबाट शुरु हुन्छ ।-सबैभन्दा ठूलो रोग भनेकै कसैका लागि केही बन्न नसक्नु हो ।-यदि तपाईंले व्यक्तिलाई मूल्यांकन गर्न थाल्नुभयो भने उसलाई प्रेम गर्न बिर्सनुहुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१