अनुहारको छाला चम्काउन आलुको रस उत्तम !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० असार २०७६, मंगलवार ०४:४५

गर्मी समयमा अनुहारमा आलुको रस लगाउनाले धेरै फाइदाजनक हुन्छ। यसले अनुहारका बिबिराबाट मुक्ति दिनुका साथै छालालाई गोरो अनि चम्किलो बनाउने काम गर्छ ।

यसलाई प्रयोग गर्ने विधि पनि एकदमै सजिलो छ । यसका लागि आलुलाई कुटेर त्यसको रस निकालेर अनुहारमा लगाउनुपर्छ ।

आलुलाई कुटेर त्यसको बाक्लो रसलाई अनुहारमा लगाई पाँचदेखि दश मिनेटसम्म राख्नुहोस् र यसलाई सफा पानीले धुनुहोस् । यसले छालाका दागहरु हराउनुको साथै छाला सफा हुन्छ ।

कसैको अनुहारको छाला दुई रंगको हुन्छ निधार र नाक कालो देखिन्छ भने बाँकी अनुहार गोरो । यस्तो अनुहारमा आलुको रस लगाउनुभयो भने छालाको रंग समान हुन्छ ।

आलुको रसमा कपासमा चोपेर आखाँमाथि राख्ने गर्नाले आँखा वरिपरीको कालो भाग पनि हराएर जान्छ । यसका लागि कपासलाई करिब पाँच मिनेट आँखामाथि राख्नुपर्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१