काठमाडौं, १२ भदौं । चर्चित धार्मिक पर्यटकिय गन्तव्यको नाम हो गोसाइँकुण्ड । धर्म शास्त्र अनुसार–समुन्द्र मन्थन गरेर निष्किएको कालकुठ बिष पिएपछि भगवान महादेव त्यसको पिँडा सहन नसकेर भौतारिएका थिए । उनले आफ्नो त्रिशुलले पहाडमा हानेर पानी निकाले, त्यो पानी कुण्डमा परिणत भयो र त्यहि कुण्डमा डुबेर महादेवले कालकुट बिष सहन गरे ।’
यहि धार्मिक विश्वासका कारण गोसाइँकुण्डमा बर्षेनी हजारौं हिन्दु धर्मावलम्बी पुग्ने गरेका छन् । जनैं पुर्णिमामा लाग्ने मेला गोसाइँकुण्डमा धार्मिक पर्यटक भित्रिने राम्रो मौसम हो । त्यस बाहेक गोसाइँकुण्डको प्राकृतिक सुन्दरताले पनि स्वदेशी तथा विदेशी पर्यटकको मन लोभ्याउने गरेको छ ।
४३८० मिटरको उचाईमा रहेको गोसाइँकुण्ड र त्यस आसपासमा रहेका भौरव कुण्ड, सरस्वति कुण्ड, सुर्य कुण्ड, बर्द कुण्ड लगायतका धेरै कुण्डहरुले धार्मिक आस्थाका साथमा पर्यटकिय महत्व बोकेका छन् ।
रसुवा सदरमुकाम धुञ्चेबाट फटाफट हिड्ने हो भने करिब १२ घण्टाको निरन्तर यात्रापछि गोसाइँकुण्ड पुग्न सकिन्छ । सामान्यतया, धुञ्चेबाट हिड्नेहरु चन्दनबारी, चोलाङपाटी वा लौरी बिनामा बास बसेर भोली पल्ट मात्रै कुण्ड पुग्छन् ।
धुञ्चेबाट उकालो लागेपछि हेर्न पाइने हरियो वन, वारी पारीका झरना र छङछङ बगेको त्रिशुली नदिको आवाज र बनस्पतिहरुको सुगन्धले यात्रालाई स्वर्णिम बनाउँछ ।
देउराली, ढिम्सा, चन्दनबारी, चोलाङपाटी, लौरी बिना र बुद्ध मन्दिर जस्ता स्टेशनहरुलाई थकाइ मार्ने स्थलका रुपमा प्रयोग गरिँदै आएको छ ।
जति उकालो चढ्दै गयो, त्यति थकान महशुस हुन्छ तर मन भने थकान भन्दा धेरै गुणाले चङगा झै फुरुङग बन्छ ।
चौरीको दुध, थुर्पुमा बनाइएको तातो चिया, सेल रोटी जस्ता परिकार थकान बिर्साएर उर्जा भर्ने औजार बन्छन् ।
पल्लो डाँडा पारि देखिने गणेश हिमालको हिम श्रृंखलाले सबै थकान भुलाइदिन्छ ।
निरन्तरको उकालो छिचोलेसँगै भेटिने वुद्ध मन्दिरमा थकाई मारेपछि केहि जोकोहीले केहि राहत महशुस गर्छन् ।
किने भने त्यसपछिको करिब दुर्य घण्टाको यात्रा भने उकालो नभएर तेश्रो छ, तर सो खण्डमा जोखिम भने अलि बढि नै उठाउनु पर्छ ।
माथी नाकै ठोक्किने भीर र तल त्रिशुली नदिको जोखिम मोल्दै गोसाइँकुण्ड पुगेपछि भने जोकोहीले सबै गाह्रो बिर्सन्छन् ।
कुण्डमा स्नान गरेपछि मेटिन थकान र आनन्दले मानिसलाई जिउँदै स्वर्ग पुगेको अनुभूति दिलाउँछ ।
गोसाइँकुण्ड माथी रहेका सुर्य कुण्ड, वर्द कुण्ड, सरस्वति कुुण्ड लगायतका अन्य कुण्डहरुको भ्रमण गरिएन भने यात्रा नुन बिनाको तरकारी जस्तै बन्न पुग्छ । कुण्डबाट फर्केपछि भने समान्यतय सिधै धुञ्चेमै बास बस्न आइपुग्न सकिन्छ ।
प्रतिक्रिया