मेस्सी विश्वकै उत्कृष्ट खेलाडी, कारण के के हुन् ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० असार २०७६, मंगलवार ०४:३४

अनौपचारिक तथ्यांकअनुसार विश्वको आधा जनसंख्या भन्दा बढीले फुटबल हेर्छ । फुटबल प्रशंसकको संख्या विश्वर ४ अर्ब रहेको अनुमान छ । विश्वका सबैजसो ठाउँमा फुटबल खेलिन्छ, हेरिन्छ ।
फुटबलप्रेमीहरुले अर्जेन्टिनाका लियोनल मेस्सीलाई नचिन्ने त कुरै भएन । मेस्सीले २००४ बाट बार्सिलोनाको सिनियर टिममा प्रोफेसनल फुटबल यात्राको तय गरेका थिए ।

विश्वकै उत्कृष्ट खेलाडी को हो रु भन्ने प्रश्नमा वैज्ञानिक सिमोन ब्रुन्डिश भन्छन्, “मेस्सी जिउँदो छँदासम्म अरु कुनै पनि खेलाडी उत्कृष्ट हुन सक्दैन । यदि तिमीले। अरु कुनै खेलाडीलाई विश्वको उत्कृष्ट खेलाडी मान्छौ भने कि त मेस्सीले फुटबल जीवनबाट सन्यास लिनुपर्छ होइन भने मेस्सीको जीवनकालसम्म उनी नै उत्कृष्ट खेलाडी हुन् ।”

ब्रुन्डिशले आजसम्मकै फुटबल खेल्ने खेलाडीहरुमध्ये उत्कृष्ट खेलाडीको रुपमा मेस्सीलाई मानेका छन् । यस कुरामा कुनै पनि किसिमको विवाद नआउनको लागि ब्रुन्डिशले तथ्यांकसहित आफ्नो कुरा व्यक्त गरेका छन् ।

अहिलेको समयमा मेस्सीले प्रत्येक ४८ मिनेटमा गोल गरेका छन् कि त गोल गर्नको लागि सहयोग गरेका छन् । घाइतेलाई छुट्याइएको समय समेत जोडेर प्रत्येक खेल लगभग ९५ मिनेट लामो हुन्छ र मेस्सीले खेलेका लगभग प्रत्येक खेलमा दुई गोल भएकै हुन्छ ।

मेस्सीको तुलनामा कोही अगाडि आउन सक्छन् । यद्यप लामो समयदेखि क्रिस्टियानो रोनाल्डोलाई मेस्सीसँग तुलना गरिँदै आइएको छ । पछिल्लो समयमा लुइस स्वारेज, नेयमार, मोहम्मद सलाह र केलियन एमबाप्पे जस्ता खेलाडीहरुले क्लब र आफ्नो देशको लागि राम्रो प्रदर्शन गरेका छन् । ब्रुन्डिश बताउँछन, “मेस्सी गोल स्कोरिङमा मात्र नभई ‘एक्स जी बिल्ड’मा पनि उच्च स्थानमा रहेका छन् । मेस्सीले आफ्नो करियरमा ५१ ह्याट्रिक गरेका छन् भने क्रिस्टियानो रोनाल्डोको ४५ रहेको छ ।”

सन् २०१७–२०१८ सिजनको फुटबलको तथ्याङ्क हेर्दा एक्स जी बिल्डमा चेल्सीका इडेन हजार्ड, आर्सनलका मेष्टु ओजिल र टोटनह्यामका क्रिस्टियन एरिक्सनजस्ता रेकर्ड बनाउन सम्भावना भएका खेलाडीले बनाउन नसकेको स्थान मेस्सीले बनाएका छन् । यसैगरी मेस्सी रोनाल्डो, सलाह र नेयमारभन्दा अघि नै छन् ।

“विश्वका सबै स्टार खेलाडीहरुलाई मेस्सीले गरेको गोल, गोलको लागि सहयोग र एक्स जी बिल्ड स्कोरअनुसार तुलना गर्दा मेस्सी नै अगाडि आउँछन् । अब किन झगडा गर्नुपर्यो रु मेस्सी नै विश्वका उत्कृष्ट खेलाडी हुुन्,” ब्रुन्डिश दाबी गर्छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१